२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय लोक संचारकर्मी नेपालमा हरिबल्लभ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lok-sancharkarmi

काठमाडौं, ८ असार । लोकसंचारकर्मी नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले मेरो एफएमका पत्रकार हरिवल्लभ नेपालको नेतृत्वमा १५ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको छ ।

महाधिवेनले अध्यक्ष र सचिव बाहेक सबै पदमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा हरिबल्लभ नेपालले, प्रत्यासी गोविन्द शर्मालाई पराजित गरे । त्यस्तै सचिवमा हरि दुलालले अर्जुनराज भन्डारीलाई पराजित गरे । बरिष्ठ उपाध्यक्षमा रेडियो नेपालमा कार्यरत राम अविरल, उपाध्यक्षमा सिटिजन एफएमका चन्द्रमणि गौतम, कोषाध्यक्षमा सागर गुरुङ, सहसचिबमा बिएफबिएस गोर्खा रेडियोका रामनाथ घिमिरे तथा सहकोषाध्यक्षमा मैत्री एफएमका रमेश बस्नेत सर्वसम्मत भए ।

महाधिवेशनबाट केन्द्रीय सदस्यहरुमा अर्जुनकुमार घिमिरे, सुर्दशन आचार्य, अनुषा पौडेल,मधु शाही, महेन्द्र घतानी, शम्भु कुँबर, राजु मिया, शरण हुमागाँई चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई निर्वतमान अध्यक्ष गोबीन्द गिरीले सपथ खुवाउदै सफल कार्यकालको शुभकामना तथा बधाई दिए ।

सोही अबसरमा बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । यसैगरी, एक लाख ५० हजार ५ सय १ रुपैयाँको संचारकर्मी तथा संस्कृतिकर्मी कल्याणकोष स्थापना गरिएको छ । सो कोषलाई बढाएर १० लाख पु¥याउने लक्ष्य छ ।