२८ आश्विन २०८३, बुधबार

जर्मनीमा एमाले महाधिवेशन सर्वसम्मत चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-original

जर्मनी, ८ असार । प्रवासी नेपाली मञ्च जर्मनीले एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । प्रतिनिधि छान्न मञ्चका अध्यक्ष रणबहादुर बीकेको अध्यक्षतामा जुन २० तारिखमा बैठक बसेको थियो । बैठकले मञ्चका संस्थापक अध्यक्ष सन्तोष भट्टराईलाई महाधिवेशन प्रतिनिधि छानेको हो ।

मन्चका सल्लाहकार हरि न्यौपानेका अनुसार महाधिवेशन प्रतिनिधिका लागि सुरुमा उपाध्यक्ष चन्द्रकान्त खनालसहित पाँच जना इच्छुक देखिएका थिए । ‘तर, पार्टीका सदस्यहरुबीचको संगठनात्मक र भावनात्मक एकताको आवश्यकतालाई ध्यानमा राखेर हामीले सन्तोष भट्टराईको नाममा सहमति गर्यौं,’ न्यौपानेले भने ।

भट्टराई एमाले महाधिवेशनमा गैरआवासीय नेपाली (एनआरएनए)ले उठाउँदै आएको ‘एकपटकको नेपाली सधैंको नेपाली’ नाराअनुसार नागरिकताको मुद्दालाई उठाउने र यसको आवश्यकता सबै प्रतिनिधिलाई बुझाउन पहल गर्ने बताउँछन । ‘एमालेको महाधिवेशनबाट एनआरएनको नागरिकताको मुद्दालाई अनुमोदन गराउन सके त्यसले संसारभर छरिएर रहेका सबै एनआरएनलाई फाइदा हुनेछ,’ उनी भन्छन् ।