अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएन) आईसीसी महासचिवमा रञ्जु वाग्ले थापाले उम्मेदवारी दिनुभएको छ ।
एनआरएनका सचिव समेत रहनुभएका थापाले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी एनआरएन आईसीसीको महासचिव पदमा उम्मेदवारी दिनुभएको छ ।
उहाँ एनआरएनमा १० वर्षदेखि आबद्ध हुनुहुन्छ । वर्तमान सचिव थापाले ५ बुँदे घोषणा पत्रसहित आगामी अक्टोबर महिनामा नेपालमा हुन गैइरहेको एनआरएनएको विश्व सम्मेलनमा आफूलाई महासचिव पदको उम्मेदवार बनाउनुभएको हो ।
पत्रकार सम्मेलनमा थापाले घोषणा गरेका बुँदाहरुलाई आफू निर्वाचित भएमा क्रमश पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । महिला सधै कोषाध्यक्ष र उपाध्यक्ष पदमा मात्रै नउभिएर निर्णय लिन सक्ने पदमा पनी बसेर काम गर्न सक्छन्, त्यसैले म उक्त पदमा बसेर काम गर्न सक्षम भएर नै महासचिव पदमा उम्मेद्वारी दिएको थापाको भनाई छ ।
खाडी मुलुकमा काम गर्ने नेपाली दीदी बहीनी तथा दाजु भाईहरुको समस्यालाई मध्य नजर गर्दै नेपाल सरकार र सम्बन्धित मुलुकका अधिकारीसंग समन्वय गरी उनीहरुको हितमा कल्याणकारी कोष र कामदारहरुको समस्याको उचित पहिचान गरी समाधानतर्फ लाग्ने थापाको मुल उद्देश्य रहेको छ ।
लामो समयदेखि समाज सेवामा समर्पित रञ्जु थापा गैरआवासीय नेपाली सघं आईसीसीको पहिलो महिला सचिव पनी हुनुहुन्छ । थापाले आफूलाई निर्वाचित गराउन सबै पक्षसंग सहयोगको अपील गर्नुभएको छ ।

















प्रतिक्रिया