३० आश्विन २०८३, शुक्रबार

नेपालको संविधानको वाल्टिमोरमा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baltimore-1 बाल्टिमोर । नेपालमा संविधान जारी भएको एेतिहासिक अवसरमा मेरिल्यान्ड र बाल्टिमोरमा भव्य स्वागत गरिएको छ ।

आइतबार मेरिल्यान्डमा बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (वाना), प्रवासी नेपाली मन्च मेरिल्यान्ड राज्य कमिटी, प्रवासी नेपाली एकता समाज मेरिल्यान्ड लगायतका स्थानीय संघसंस्थाहरूको सहभागितामा नेपालको नयाँ सविधान आगमनको खुसीयालीमा एक भव्य स्वागत कायंक्रम सम्पन्न भएको हो ।

baltimoreकार्यक्रमको प्रमुख अतिथि मेरिल्यान्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका माहवाणिज्यदूत प्रेमराजा महत तथा विशेष अतिथि एनआरएन आईसीसीका केन्द्रीय उपाध्यक्ष टिवि कार्की, अतिथिहरूमा एनआरएन अमेरिकाको उपाध्याक्ष रविना थापा, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अमेरिकाका महासचिव प्रभु थापा, केन्द्रिय सदस्य डिल्ली पौड्याल, प्रवासी नेपाली एकता समाजको तर्फबाट राप्रपा नेपालका केन्द्रिय सदस्य प्रेम कुमार श्रेष्ठ, वानाका निवर्तमान अध्यक्ष विजय श्रेष्ठ नासोका दुर्गा विक, पवंत समाजका अध्यक्ष दुर्गा श्रेष्ठ, म्याग्दी समाजका अध्यक्ष राम भन्डारी, चितवन समाजका आन्नद घिमिरे, बाग्लुड समाजका उपाध्यक्ष विपिन श्रेष्ठ, एनआरएन अमेरिकाका केन्द्रिय सदस्य शिव पौड्याल, मेरिल्यान्ड च्याप्टर अध्यक्ष जेदु पोख्रेल लगायतका व्यक्तिहरूले नेपालमा संविधान घोषणा भएको उपलक्ष्यमा खुसी ब्यक्त गदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

baltimore-2कार्यक्रमलाई बर्तमान संविधान सभामा नेपाली कांग्रेसका सभासद माननीय रामकूष्ण घिमिरे तथा नेकपा एमालेको पोलिटब्यूरो सदस्य सर्वाेच्च अदालतका बरिष्ठ अधिवक्ता तथा दुबै संविधान सभाको सदस्य तथा संविधान मस्सौदा समितिको सदस्य माननीय अग्नि खरेलले स्काइप बाट लाईभ मन्तव्य व्यक्त गर्नुको साथै क़ानून विद अग्नि खरेलले बर्तमान संविधानले प्रवासी नेपालीहरूको लागि गरेको व्यवस्था तथा यसका मुख्य मुख्य धाराको बारेमा जानकारी गराउनुको साथै सहभागिहरूलाई लागेका जिज्ञासहरूको जवाफ पनि दिनुभएको थियो ।

कॉयंक्रमको सभापतित्व वानाका अध्यक्ष कुलमणि आचार्य तथा प्रवासी नेपाली मञ्च मेरिल्यान्ड राज्य कमिटीका अध्यक्ष यूद्ध बहादुर पन्तले स्वागत भाषण तथा वानाका महासचिव देवब्रत शर्मा तथा उपाध्यक्ष सतिष चापागाईले सञ्चालन गर्नु भएको कार्यक्रममा वाल्टिमोर वारिपरिका सबै संघ संस्थाका प्रतिनिधि तथा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम वाल्टिमोर स्थित हिमालयन हाउस डाईनिडमा भएको थियो ।