सिकागो, अमेरिका । नेपालको जारी भएको संविधानको अमेरिकाको सिकागोमा स्वागत गरिएको छ ।
सिकागोमा रहेका आम नेपाली समुदायको सक्रियतामा सम्पन्न कार्यक्रममा सिकागोमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
माउन्ट एभरेस्ट रेस्टुरेन्टमा आयोजित सो कार्यक्रमाको संयोजन गरेका प्रवासी नेपाली मंचका मध्य पश्चिम क्षेत्रका संयोजक टेकराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री तथा एनआरएन अमेरिकाका सल्लाहकार डा यादब पण्डित रहनु भएको थियो ।
डा पण्डितले लामो समय देखिको नेपाली जनताको अपेक्षा यतिबेला पुरा भएकोले हामीले यो संबिधानलाइ स्वागत गर्नु परेको बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि रहनु भएका कपिलवस्तु जिल्लाका संबिधान सभाका एमाले उमेद्वार नेत्रराज अधिकारीले प्रवासमा रहेका नेपालीको जन्मभुमिप्रतिको माया नेपालमा रहेका जनता र नेतामा भन्दा प्रगाढ रहेको बताउनुभयो ।
नेपालका नेताहरु नागरिकता नेपालमा बुझाएर भारतमा शिविर खडा गरेर बस्ने जाने कुरा गरेको बेला प्रवासमा रहेको नेपालीहरुको जन्मभुमि प्रतिको लगाव देख्दा आफू निकै प्रभावित भएको बताउनुभयो । प्रवासको सीप, प्रबिधि पैसा लिएर देश निर्माण गर्न छिटै आएमा आफूहरु स्वागत गर्न आतुर भएको बताउनुभयो । अर्का अतिथि प्रवाशी मंचका केन्द्रिय उपाध्यक्ष बाला घिमिरेले नेपालमा जारी भएको संबिधानले बिदेशी लगानी भित्र्याउन बाताबरण बनाएकोले आफू र आफू जस्ता ब्यबसायी उत्साही भएको बताउनुभयो ।
नेपालमा जारी भएको संबिधानमा खुसी व्यक्त व्यक्त गर्दै सिकागो ल्याण्ड मैत्री समाजका सभापति बेनी माधब कंडेल, एनआरएनका सभापति सुमन वस्ती, नेपाल अमेरिकन सेन्टरका रमाकान्त खरेल, जान सम्पर्क समितिका लाल प्रसाद काफ्ले र च्याप्टर सभापति भोज राज घिमिरे स्थानीय बरिस्ठ समाजसेवी खेम पाठकले ६५ बर्ष देखिको नेपाली जनाताको चाहना बल्ल प्राप्त भएकोमा आफुहरुमा खुसीको सीमा नरहेकाले खुशी मनाउन कन्जुसी गर्न नहुने बताउनुभयो ।
















प्रतिक्रिया