३० आश्विन २०८३, शुक्रबार

एनआरएनए उत्तर अमेरिकाको क्षेत्रीय संयोजक पदमा रामचन्द्र खरेलको उम्मेद्वारी 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram kharel– विजय थापा
वाशिंगटन डिसी । गैरआवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषद (NRNA ICC) कोउ त्तर अमेरिका क्षेत्रिय संयोजक पदमा गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषदका सल्लाहकार राम चन्द्र खरेलले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
 
रामचन्द्र खरेल एनआरएनएको स्थापना कालदेखी नै सकृय रुपमा एनआरएनका गतिबिधिहरुमा सहभागी हुँदै आउनु भएको छ। उहाले एनआरएनका प्राय सबैविश्व सम्मेलनहरु तथा क्षेत्रिय सम्मेलनहरुमा सहभागी हुँदै एनआरएनको उध्धेस्य प्राप्तीका लागि योगदान दिदै आउनु भएको छ।
 
खरेलले एनआरएनए आइसीसीको मिडिया टास्कफोर्स, एनआरएन एनसीसी अमेरिकाको मिडिया कोअर्डीनेटर, एनआरएनए आइसीसी अमेरिकाको क्षेत्रिय सह संयोजक समेत भएर काम गरी सक्नु भएको छ। साथै उहाँले सन् २००७ देखी गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषधको बिधान समितीमा समेत काम गर्दै आउनु भएको छ।
 
राम चन्द्र खरेल उत्तर अमेरिकामा एक प्रतिष्ठित मिडियाकर्मी ब्यक्तित्वका रुपमा सुपरिचित हुनुहुन्छ। नेपाल बाहिर पहिलो नेपाल टेलिभिजन संचालन गर्ने प्रथम ब्यक्तिको श्रेय पनि वहाँलाई नै जान्छ। 
 
उहाँले विगत १९ बर्ष देखी सगरमाथा टेलिभिजन संचालन गर्दै आउनु भएको छ, जस मार्फत नेपालको चिनारी विश्व समुदायमा पुर्याउने काम भएको छ भने नेपाली भाषा, साहित्य तथा संस्कृति प्रबर्धनमा समेत योगदान पुगेको छ। नेपालको पर्यटन प्रबर्धनका लागि सन् २०१० देखी अंग्रेजि भाषामा नेपाल दर्शन टेलिभिजन समेत संचालन गर्दै आउनु भएको छ।
 
उम्मेद्बारी घोषणा गर्दै वहाँले गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषध तथा राष्ट्रिय समन्बय परिषध बिच सौहार्द सम्बन्ध कायम गराउनुका साथै उहाँले एनआरएनका गतिबिधिहरु लाई अझ गतीमय बनाउदै लैजाने तथा जाती, धर्म, सम्प्रदायबाट माथि उठेर नेपालीको गौरव बढाउन लागि पर्ने बताउनु भएको छ।