२९ आश्विन २०८३, बिहिबार

उम्मेदवारलाई किन दिइयो खुर्सानी, जुत्ता, फूलगोभी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Green-Chilliपटना, ४ असोज । भारतको बिहार विधानसभा चुनावका क्रममा मान्यता प्राप्त र मान्यता नपाएका दलका उम्मेदवारहरूलाई यस पटक स्थानीय निर्वाचन आयोगले हरियो खुर्सानी चुनाव चिन्ह दिइएको छ ।

समाचारमा जनाइएअनुसार उम्मेदवारहरूलाई हरियो खुर्सानी, फूलगोभी, टेलीफोन, जूत्ता, चप्पल, आईसक्रिम, बाल्टी जस्ता चुनाव चिन्ह दिइएको हो ।

यस्ता चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका दलका दल पनि रोचक छन् । आप और हम पार्टी, नेशनल टाइगर पार्टी, साथी और आपका फैसला पार्टी तथा नेशनल रोड मैप पार्टी आफ इंडिया आदि नाम गरेका पार्टी विहारको चुनावमा भाग लिँदैछन् ।

जीतन राम माझीको हिन्दुस्तानी आवाम मोर्चा (एस)लाई टेलीफोन चुनाव चिन्ह प्रदान गरिएको छ । उनको दलले विहारका सबै २ सय ४३ सिटमा आफ्ना उम्मेदवार उठाएको छ ।

लोक आवाज दलले हरियो खुर्सानी चुनाव चिन्हमा ५० स्थानमा उम्मेदवारी दिएको छ । आम जनता पार्टी राष्ट्रियले आईसक्रिम चुनाव चिन्हमा आफ्ना उम्मेदवारलाई मैदानमा उतारेको छ ।