२९ आश्विन २०८३, बिहिबार

उपनिर्वाचन : बर्दियामा एमाले र एनेकपा माओवादीबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-map

गुलरिया (बर्दिया), ८ असार । बर्दिया जिल्लाको सोरहवा गाविस रामनगर चोकमा शनिबारराति एमाले र एनेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ ।

एमालेले राति प्रचारप्रसार र पैसा वितरण गरी आचारसंहिता उल्लङ्घन गरेको एमाओवादीले आरोप लगाएको छ ।

सोही अनुसार बेलुवामा पनि एनेकपा माओवादी र एमालेबीच राति झडप भएको छ । झडपका क्रममा एमालेका कार्यकर्ता सोरहवा गाविस सेमरा निवासी नेत्रप्रसाद सापकोटा, धधवार–३ निवासी हरि ढकाल, मोतीपुर–६ निवासी रामजी अधिकारीलाई खुकुरी, चेकबुक र भे१ज १४७६ नंं को जिपसहित प्रहरीले राति पक्राउ गरेको छ ।

तीनै जनालाई गाडीसहित जिल्ला प्रहरी कार्यालयमा छानबिनका लागि ल्याइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताउनुभयो ।