३० आश्विन २०८३, शुक्रबार

एएफसी यु-१६ फुटबलमा नेपाल र ओमन भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-16काठमाडौँ, ३ असोज । एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलमा आज साँझ यसअघि दुई खेल खेलेको नेपालले शतप्रतिशत जित निकाल्दै ६ अङ्क जोडेको छ । नेपालले ओमनको सामना गर्दैछ ।

किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो खेलमा नेपाली युवा टोलीले विजय समूहको विजेता बन्ने लक्ष्यका साथ ओमनको सामना गर्दैछ ।

पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएको थियो । त्यस्तै, दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलेको ओमन भने एक जित एक हारसहित ३ अङ्कका साथ समूहको तेस्रो स्थानमा छ ।

समान अङ्क जोडेको जोर्डन गोलअन्तरका आधारमा दोस्रोमा छ भने समान खेल खेलेको आयोजक किर्गिस्तान अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् । रासस