– दशरथ घिमिरे
देउखुरी, ३ असोज । दाङको देउखुरीस्थित लमही नगरपालिका वडा नं. १ नर्तीमा रहेको नेपाल प्रहरीको अस्थाई पोष्टमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
बिष्फोटको कारण कुनै मानवीय क्षति भएको छैन् । आज बिहान अज्ञात समूहले गराएको विष्फोटबाट अस्थाई प्रहरी पोष्ट रहेको घर चर्किएको छ । बम चौकी प्रवेश गर्ने मुल गेटको छेउको पेटीमा राखिएको थियो । बम कुन प्रकारको हो भन्ने खुल्न सकेको छैन ।
बिष्फोटबाट छिमेकी शिवा शर्मा पोख्रेलको घरमा आंशिक क्षति पुगेको छ । बिष्फोटबाट घरको ढोका हाल्लिनुका साथै सिसा र ढोकाको कब्जा फुस्किएको घर धनीले शर्माले जानकारी दिनुभयो ।
आज (आइतबार) बिहान करिब साढे १ बजे बम पड्किएको ठूलो आवाज सुनिएको थियो । बमको टुक्राहरु पाँच सय मिटरसम्म पुगेको स्थानीयले बताए ।
वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेने गरी २०७१ सालमा नर्तीमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको थियो ।
ऋषिराम पोख्रेलको घर भाडामा लिएर प्रहरी पोष्ट स्थापना गरिएको र बम विस्फोटका कारण घरको भित्ता चर्किएको छ ।
नर्तीको अस्थाई प्रहरी पोष्टमा बम विष्फोट भएको पुष्टि वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।
तर उहाँले बम कुनु प्रकारको हो त्यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।
कैलालीको टीकापुरमा भएको हिंसात्मक घट्नापछि नर्तीको अस्थाई प्रहरी पोष्ट वडा प्रहरी कार्यालयमा गाभिएको थियो ।
प्रहरी पोष्ट खाली रहेको मौका छोपी विष्फोट गराइएको छ । बम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।


























प्रतिक्रिया