तिमी तराईबासी मदेशीया धोती, म पहाडबासी पहाडिया, उ हिमालबासी हिमाली भोटे तर पनि हामी सबै नेपाली, हाम्रो राष्ट्रियता नेपाली र हामी सबैको साझा नेपाल । हाम्रो मन त नेपाली हो ।
म पहाडमा बस्ने मान्छे हुँ । मेरो घर नेपालको पहाडी भू–भाग गुल्मीमा पर्दछ । त्यसैले म पहाडी भए । मलाई मधेशकाले पहाडिया भन्छन । पहाडमा केही चिसो छ । त्यसैले होला म अलिकती गहुँ गोरो छु । म स्पष्ट नेपाली बोल्दछु । मेरो मातृ–भाषा मेरो आफ्नै मगर भाषा छ भने मेरो राष्ट्रीय भाषा नै नेपाली हो । त्यसैले पनि म नेपाली भाषा राम्रै बोल्ने र उच्चारण गर्ने कोसिस गर्दछु तर पनि म मगरको छोरो नेपाली भाषा बोल्दा १०० प्रतिशत मा १०० प्रतिशत पुर्ण छैन । त्यो मेरो मगरको गुण हो ।
मधेशमा बस्ने नेपाली नेपालीहरूको पनि भाषा फरक फरक छ । कोही मैथिली बोल्छन । कोही देहाती भोजपुरी बोल्दछन त कोही हिन्दी भाषा बोल्दछन । त्यहाँ बसोबास गर्ने सबै तराईबासीलाई नेपाली भाषा बोल्न आउँदैन । नेपाली बोल्न नआउँदैमा तिम्रो राष्ट्रीयता नेपाली होइन भन्ने पनि होइन । मधेसियाको पनि आ–आफ्नै भाषा र भेष छ, तर पनि तिमी नेपाली हौ र तिम्रो राष्ट्रियता नेपाली हो तिमी नेपाललाई माया गर्ने नेपाली हौ । हाम्रो नेपालको मधेश तराई भागमा धेरै गर्मी छ । गर्मीले गर्दा मान्छेहरू केही कालो हुन्छन । ब्यक्ति कालो हुनु उसको गल्ती होइन । केवल गाउँ ठाउँ र हावा पानीको असर हो । तराईमा बस्ने तराईबासीहरूलाई मधेसी अनि धोती पनि भन्दछन ।
चाहे तिमी तराईको मधेशी हौ, चाहे म पहाडको पहाडिया, चाहे उ माथि चौरी गाई चर्ने हिमाल नजिकैको हिमाली होस । चाहे तराईमा बस्नेले धोती लगाओस, चाहे शहरका महलमा बस्ने क्षेत्री बाहुनले सुट बुट र नेपाली टोपी लगाओस, चाहे म मगरले मेरो मगर ड्रेस लगाउ, चाहे हिमालमा बस्ने हिमाली भोटेले भोटो लगाओस तर पनि हामी सबै नेपाली हौ हाम्रो राष्ट्रीयता नेपाली हो । सबै जात, जाती, भाषा, भाषी सबैको साझा फुलबारी हाम्रो देश नेपाल हो ।
कारण म मगर हुँ मेरो आफ्नै पहिचान गराउने मगर ड्रेस छ भने मधेशमा बस्ने बासिन्दाहरूको पहिचान दिलाउने धोती पोशाक छ । ड्रेस हाम्रा पहिचान हुन । त्यस्तै हाम्रो नेपालको माथिल्लो भू–भागमा हिमाल छ । त्यहाँ हिउँ पर्दछ र त्यहाँ बार्ह्रैमास औधी चिसो हुन्छ । चिसोका कारण त्यहाँका बासिन्दाहरू राता पिरा र चिल्ला गोरा होटिला पोटिला स्याउ जस्तै हुन्छन । त्यहाँका बासिन्दालाई हिमाली भन्छन । मेरो साथी रामसुरथ चौधरी थारूको छोरो हो । उसको भाषा थारू हो । त्यसैले उ आफ्नो परिवारसँग बोल्दा थारू भाषामा बोल्थ्यो । म हामीसँग मिठो मिजासिलो नेपाली भाषा बोल्थ्यो । उ हाम्रै लुम्बिनीको तराई भेगमा बस्ने तराईबासी भित्री मधेशको थियो । तर आज भोली उसको ड्युटी कहाँ छ मलाई थाहा छैन । उसलाई सदैब सम्झी रहन्छु । त्यस्तै एउटा थकाली मुस्ताङमा जन्मियो । मुस्ताङ हिमाली भागमा पर्दछ । त्यसैले उ हिमाली भयो । उसको मातृभाषा थकाली हो तर पनि उ नेपाली हो र उसको राष्ट्रीयता नेपाली हो ।
मलाई अझै पनि झलझली याद आई रहन्छ । हाम्रो तालिमको बेलामा एक जना मधेशी साथी थियो । उसलाई हामी पहाडियाले नेपाली भाषामा बोलायो की औधी रिसाउथ्यो सायद उसले नबुझेरै होला । तर पछी हाम्रो तालिम पुरा हुने बेला सम्म उ यती मिठो र शुद्ध नेपाली बोल्ने भयो की लाग्थ्यो उ पहिले कै तराई भाषी नेपाली बोल्न नजान्ने ब्यक्ति हो र ? हाम्रो बिदाई हुने बेलामा माफ गर है साथी मैले तिमीहरू बोलेको नेपाली भाषा नबुझेरै हो भनेर हात मिलायो र बिदा भयौ । पछी म बिरगन्जमा ड्युटी गर्दा घण्टाघर निर भेटे उ मधेशी साथी त धोती लगाउने ठाउँ बिरगन्जको देहात भित्री गाउँको बासिन्दा पो रहेछ ।
चाहे तिमी तराईको मधेशी हौ, चाहे म पहाडको पहाडिया, चाहे उ माथि चौरी गाई चर्ने हिमाल नजिकैको हिमाली होस । चाहे तराईमा बस्नेले धोती लगाओस, चाहे शहरका महलमा बस्ने क्षेत्री बाहुनले सुट बुट र नेपाली टोपी लगाओस, चाहे म मगरले मेरो मगर ड्रेस लगाउ, चाहे हिमालमा बस्ने हिमाली भोटेले भोटो लगाओस तर पनि हामी सबै नेपाली हौ हाम्रो राष्ट्रीयता नेपाली हो । सबै जात, जाती, भाषा, भाषी सबैको साझा फुलबारी हाम्रो देश नेपाल हो ।
तिमी तराई मधेशमा बस्ने मधेसिया, म पहाडमा बस्ने पहाडिया, उ हिमालमा बस्ने हिमाली । जो जहाँ बसे पनि जुन जस्तो भेष लगाए पनि, जुन भाषा बोले पनि, जुन धर्म माने पनि । तिमी पनि तराई मधेशको नेपाली, म पहाडमा बस्ने नेपाली, उ हिमालमा बस्ने नेपाली, हामी सबैको एउटै देश नेपाल र एउटै राष्ट्रियता । त्यसैले हामी सबै नेपाली । हाम्रो देश नेपाल । जय जय नेपाल ।
त्यसैले अहिलेको यो मधेश आन्दोलन के को लागी ? यो आन्दोलनबाट के प्राप्त गर्यौ र गर्छौ ? हामीले के के कति गुमायौ ? हामी नेपाली नेपालीबीचमा किन काटा–काट र मारा–मार ? हामी नेपाली नेपाली मधेसी र पहाडिया भनेर जुहारी खेल्दा छिमेकीले हाम्रो अस्तित्वमा खेलबाड गर्दैछ । मधेशी पहाडी र हिमाली यिनै हुन हाम्रा पहिचान र यिनै हुन हाम्रा अधिकार । हाम्रो पहिचान हामी आफै मिलेर जोगाएर राख्ने हो ।
त्यसैले हामी एक भएर देश बिकासको बाटो पहिल्याउनु पर्दछ र देशबाट गरिबीको अबस्था खानी पानीको अभाब, देशमा उज्यालो बिजुलीको ब्यबस्था र एक गास खान एकसरो कपडा लगाउन र सम्पुर्ण बालबालिकाले समान शिक्षा पाउन भनेर एकजुट भएर हातमा हात, काँधमा काँध मिलाएर अगाडी बढ्नु नै अहिलेको आबश्यकता हो ।













प्रतिक्रिया