काठमाडौं, २ असोज । गोरखा जिल्ला घर भइ हाल दक्षिण कोरियामा काम गर्दै आएका एक युवकले आत्महत्या गरेका छन् ।
रोजगारी अनुमति प्रणाली (ईपिएस)मार्फत तीन महिना अगाडि कोरिया पुगेका २५ वर्षीय प्रदीप भट्टले स्थानीय समयअनुसार शुक्रबार दिउँसो आत्महत्या गरेका हुन् ।
भट्ट कोठाको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको उनका साथी दिनेश पौडेलले बताएका छन् । भट्ट पानीजहाज बनाउने कम्पनीमा कार्यरत थिए ।
भट्टले आफूले आत्महत्या गरेकोमा सुसाइट नोट पनि लेखेका छन् । सुसाइट नोटमा उनले भनेका छन्, ‘आमा मलाई माफ गर्नुहोला र बुढेस कालमा हजुरलाई रुवाउन पुगे ।
‘हरि दाई आमाको राम्रो ख्याल गर्नु । आमालाई हजुरको काखमा छोडेर गएको छु’, उनले लेखेका छन्, ‘दाई तिमीले मेरो लागि धरै दुःख गर्यौ । त्यो गुन मैले यो जुनीमा तिर्न सकिन । अर्को जुनीमा अवश्य तिर्नेछु ।’
‘बिदेशको भूमिमा कसैलाई पनि यस्तो दुःख नपरोस् । म कसैलाई पनि दोष दिन्न’, भट्टले भनेका छन्, ‘मेरो बाँच्ने आधार सकियो । नेपालमा संविधान चाडैं बनोस् । देशमा शान्ति आओस् ।’















प्रतिक्रिया