१० कार्तिक २०८३, मंगलबार

मोदी दूत जयशंकरले शीतल निवास पुगेर राष्ट्रपतिलाई दिए चेतावनीसहितको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jaishankar-yadavकाठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरले शुक्रबार अपराह्न राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा भेटवार्ता गरेका छन् ।

राष्ट्रपति यादवसँगको भेटवार्तामा जयशंकरले सबै पक्षलाई समेटेर संविधान जारी गर्न सके त्यसले दिगो शान्ति र विकासमा टेवा पुग्ने चेतावनीसहितको सुझाव दिएका छन् । असन्तुष्ट मधेसी समुदायलाई नसमेटे नेपालको संविधानले स्थायीत्व नपाउने जयशंकरको तर्क थियो ।

भेटवार्तामा नेपाल-भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । भेटमा राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेल, राष्ट्रपतिको कार्यालयका निमित्त सचिव भूपेन्द्र पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, भारतको विदेश मन्त्रालयका नेपाल शाखाप्रमुख अभयकुमार र नेपालका लागि भारतीय राजदूत रणजित रायको पनि उपस्थिति थियो ।