धनगढी, १ असोज । अनेम संघ अत्तरिया नगर कमिटीले नयाँ संविधानको स्वागत कार्यक्रमको आयोजना गरेको छ । सो स्वागत कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य चुनकुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथी चौधरीले नयाँ संविधानमा सबैको अपनत्व समेटिएकोले त्यसको भब्य रुपमा सबैले स्वागत गर्नुपर्ने बताइन् । उनले नयाँ संबिधानमा सबै आदिबासी जनजाती, थारु, दलित, मधेशी, मुश्लिम पिछडा वर्गको हकअधिकार सुनिश्चित गरेको बताउँदै अब ती हकअधिकार लागू गराउन दबाब आवश्यक भएको बताइन् ।
लामो समयपछि नेपाली जनताले संबिधान पाउन थालेको उल्लेख गर्दै उनले अब राजनीतिक संक्रमण पनि अन्त्य भएको बताइन् ।
उनले भनिन् अब राजनीतिक संक्रमण पनि अन्त्य भएको छ, संबिधान जारी भएपछि देश आर्थिक सम्बृद्धितिर उन्मुख हुन्छ । संबिधान बन्न नदिन अनेक चलखेल भएपनि शीर्ष नेताहरुले जुन बुद्धिमताका साथ संबिधान निर्माणको काम गरे त्यसको सह्राना गर्नै पर्ने उनको भनाइ थियो ।
अनेम संघ अत्तरिया नगरकमिटी अध्यक्ष छाया सोबको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नयाँ संबिधानको स्वागत गर्दै संबिधान जारी हुने दिन सबैले दीपावली मनाउन अनुरोध गरे ।
















प्रतिक्रिया