१० कार्तिक २०८३, मंगलबार

देशका विभिन्न जिल्लामा २६ नगरपालिका थपिए, कुन-कुन गाविस भए नगरपालिका ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhdurbar2काठमाडौं, १ असोज । सरकारले देशभरीका विभिन्न जिल्लामा २६ वटा नगरपालिका र सुदूरपश्चिममा उपमहानगरपालिका थप्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नगरपालिका र उपमहानगरपालिका थप्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार कैलालीको धनगढी नगरपालिका अब उपमहानगरपालिका बनेको छ ।

कैलालीका फुलबारी र उर्मा गाविसलाई गाभेर धनगढीलाई उपमहानगरपालिका बनाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि नेपालमा नगरपालिकाहरुको संख्या २१७ पुगेको छ ।
यी हुन् सरकारले थपेका नयाँ नगरपालिका

सरकारले झापामा गौरादह, तेह्रथुमको बसन्तपुरमा लालीगुराँस, सप्तरीको हनुमाननगरमा हनुमाननगर योगिनीमाई, सिरहाको सुखीपुरमा सुखीपुर र सिरहाकै धनगढीमा धनगढी नगरपालिका बनाउने निर्णय गरेको छ ।

त्यसैगरी ललितपुरको चापागाउँ र बज्रबाराही मिलाएर बज्रबाराही नगरपालिका बनाइएको छ । जुटपानीलाई कालिका नगरपालिका, चितवनमै हर्दी भण्डारालाई राप्ती नगरपालिका, सर्लाहीमा बरहथवालाई बरहथवा नगरपालिका र तनहुँमा भानु गाविसलाई भानु नगरपालिका बनाइएको छ ।

तनहुँमै आँबुखैरीलाई आँबुखैरेनी नगरपालिका बनाइएको छ । नवलपरासीमा मध्यविन्दु नगरपालिका, कपिलबस्तुमा भृकुटी नगरपालिका र स्याङ्जामा भीरकोट नगरपालिका बनाइएको छ ।

लमजुङमा एकै पटक तीन नगरपालिका थपिएका छन् । त्यहाँ राईनास, करापुटार र मध्य नेपाल नगरपालिका बनाइएको छ ।

जाजरकोटमा भेरीमालिका नगरपालिका, रुकुममा चौजाहरी नगरपालिका, सल्यानमा बाघचौर नगरपालिका, सुर्खेतमा शुभघाट गंगामाला नगरपालिका र अछाममा कमला बजार नगरापलिका बनाइएको छ ।

त्यसैगरी कञ्चनपुरमा बेलडाँडी नगरपालिका, बेदकोट र कृष्णपुर नगरपालिका थपिएका छन् । त्यसैगरी बर्दियामा सैनावर नगरपालिका थपिएको छ ।

new muncipality nepal new muncipality