२९ आश्विन २०८३, बिहिबार

मोदी एक महिनाभित्र नेपाल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modi

काठमाडौंँ, ७ असार । भारतीय जनता पार्टीका नेता एवम् मेडिकल सेलका सहसंयोजक डा दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे एक महिनाभित्र नेपालको औपचारिक भ्रमणमा आउने जानकारी दिनुभएको छ ।

राजधानीमा आयोजित साक्षात्कारमा उहाँले नेपालका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्रीको भ्रमणको गृहकार्य नयाँदिल्लीले सुरु गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँ भुटानभन्दा पहिले नै नेपालको भ्रमण गर्न चाहनु हुन्थ्यो तर प्राविधिक कारणले हुन सकेन, साउन महिनाभित्रै पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्ने गरी मोदी नेपाल आउनुहुन्छ ।”

पशुपतिनाथ भनेको विश्वका हिन्दूको आस्थाको केन्द्र भएको कारणले पनि उहाँ साउन महिना पारेर नेपाल आउन लाग्नुभएको उपाध्यायले बताउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले भारतीय जनता पार्टी सत्तामा आइसकेपछि पनि भारतको नेपाल हेर्ने दृष्टिमा केही परिवर्तन नहुने र भाजपा नेपालमा हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै त्यसबारे यहाँका जनताले निर्णय गर्नु नै उपयुक्त हुने छ भन्नुभयो ।