काठमाडौं, १ असोज । सरकारले संविधान जारी भएको खुसीयालीमा असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आइतबार र सोमबार खुसीयाली साटासाट गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
बैठकले देशका विभिन्न स्थानमा जारी आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ ।
साथै आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकार खर्च सरकारले व्यहोर्ने छ । राष्ट्रसंघको सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भाग लिने विषय पनि मन्त्री परिषद वैठकले टुंगो लगाएको छ ।















प्रतिक्रिया