२९ आश्विन २०८३, बिहिबार

चौलागाईं भन्छन्- ‘पार्टी र मुलुक हाँक्न सक्ने माधव नेपाल नै हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Chaulagain

काठमाडौँ, ७ असार । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले पार्टीको राष्ट्रिय महाधिवेशनले पार्टी र मुलुकको हाँक्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी वाग्मती अञ्चल सम्पर्क कमिटीले राजधानीमा आयोजना गरेको ‘वाग्मती दर्पण’ तेस्रो अङ्क विमोचन तथा महाधिवेशनका लागि प्रतिनिधि छनोटको उद्घाटन कार्यक्रममा उहाँले एमालेलाई सबैभन्दा ठूलो बनाउनाका साथै मुुलुकको नेतृत्व गर्न सक्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने तयारीमा रहनुभएका नेता चौलागार्इंले भन्नुभयो, “पार्टी हाँक्न र मुलुकको नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति वरिष्ठ नेता माधवकुमार नेपाल नै हो, पार्टीलाई भविष्यमा थप बलियो बनाउन उहाँलाई जिताउनु वर्तमान आवश्यकता हो । ”

उहाँले पार्टी अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओली क्रमशः प्रधानमन्त्री र राष्ट्रपतिका लागि उपयुक्त भएको बताउँदै पार्टी सञ्चालन गर्न सक्ने सक्षम व्यक्ति नेता नेपाल नै भएको जिकिर गर्नुभयो ।

कमिटीका सल्लाहकार दिव्यध्वज कार्कीले नवौँ महाधिवेशनमा पार्टीको इतिहासमै सहमति र एकताका सम्पन्न गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कमिटीबाट महाधिवेशनका लागि श्याम बस्नेत र ठाकुर बास्कोटा चुनिनुभएको छ ।