१० कार्तिक २०८३, मंगलबार

असोज ३ गते धमाका मच्चाउन मधेसी मोर्चाको अर्काे निर्णय, वैद्यले पनि सघाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, ३१ भदौ । संविधानको जारी प्रक्रियाविरुद्ध आन्दोलनरत नेकपा-माओवादी नेतृत्वको तेत्तीस दलीय मोर्चा, सङ्घीय गठबन्धन र समृद्ध मधेस नागरिक अभियानले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

सङ्घीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको तीन मोर्चाको बैठकले संविधान घोषणा हुने असोज ३ गतेलाई कालो दिनका रुपमा लिइ सो दिन कालो झण्डासहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकपछि आज जारी संयुक्त विज्ञप्तिमा उल्ल्ेख छ ।

माओवादी अध्यक्ष मोहन वैद्य, फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा संविधानविरुद्ध आन्दोलनरत शक्तिबीच कार्यगत एकता गर्दै आन्दोलनलाई थप सशक्त बनाइने उल्लेख छ ।

घोषित संविधानविरुद्ध असोज ४ गते जनपरिचालनसहित प्रदर्शन गर्ने निर्णय पनि गरिएको उल्लेख छ । बैठकले देशका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । रासस