३० आश्विन २०८३, शुक्रबार

जनही एक लाख नगदसहित यू-१९ साफ च्याम्पियन खेलाडी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimal-Gharti-magar-Samman

काठमाडौँ, ३१ भदौ । युवा तथा खेलकुद मन्त्रालयले एएफसी उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई आज सम्मान गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रि«य खेलकुद परिसरमा मन्त्रालयले आज एक कार्यक्रम गरी २३ जना खेलाडीसहित मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनिल श्रेष्ठ, गोलकिपरका प्रशिक्षक निरग्रेन्द्र मिश्र, फिजियो राजु दाहाल र टोली व्यवस्थापक दिवाकर घलेलाई सम्मान गरेको हो ।

सम्मानित खेलाडी एवम् प्रशिक्षकलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष एवम् सभासद् गणेश थापा र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सम्मान गर्नुभएको थियो । सम्मानित हुनेले जनही रु एक लाख पाएका छन् ।

खेलकुदमन्त्री पौडेलले फुटबलमा पाएको सफलताले नेपालको प्रतिष्ठा बढेको बताउनुभयो ।

उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाली युवा टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो । यही भदौ ३ देखि १२ गतेसम्म काठमाडौँमा सञ्चालन भएको उक्त प्रतियोगिताबाट नेपालले २२ वर्षपछि फुटबल खेलमा उपाधिको खडेरीलाई तोडेको थियो । रासस