३० आश्विन २०८३, शुक्रबार

च्याम्पियन्स लिगमा बार्सिलोना रोमासँग बराबरीमा रोकियो, मेस्सीको प्रहार असफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi2काठमाडौं, ३१ भदौ । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलानोले बुधबार रोमासँग बराबरी खेलेको छ ।

बुधबार राति भएको घरेलु मैदानमा भएको खेलमा रोमाले बार्सिलोनालाई १-१ गोलको बराबरीमा रोकेको हो । खेलको २१ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको बार्सिलोनाका तर्फबाट दोस्रो गोल हुन सकेन् ।

बार्सिलोनाको अग्रतालाई खेलको ३१ औं मिनेटमा रोमाका एलेन्सेड्रो फ्लोरेन्जीले करिब ६० यार्ड टाढाबाट उत्कृष्ट गोल गरेर बराबरीमा झारे । त्यसपछि खेलमा दुबै पक्षबाट गोल हुन सकेन् । बार्सिलोनाका लागि दोस्रो गोल हान्न खोजेका १०० औं च्याम्पियन्स लिग खेलिरहेका लिओनल मेस्सीको प्रहार पनि बुधबार रातिको खेलमा असफल भयो ।