
नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक होनहार नेतामा पर्नुहुन्छ तिलक मल्ल (क्षितिज) । राजधानीका तीन जिल्लामध्ये भक्तपुर जिल्लाको कमान्डिङ सम्हालीरहनुभएका मल्ल माओवादीमा लागेर आफूले कुनै भूल नगरेको बताउनु हुन्छ । आफ्ना उर्जाशील जीवन माओवादीमा लगाइ रहनुभएका मल्ल अझै पनि माओवादीले मुलुकको नेतृत्व लिने र आफूहरूले भने जस्तो गरेर जनताको संविधान ल्याउने दावी गर्नु हुन्छ । उहाँसँगको कुराकानीका क्रममा कत्ति पनि आफ्नो पार्टीको उद्देश्यबाट विचलित देखिनु भएन । उहाँसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :
नेकपा माओवादीमा लाग्नुको कारण के हो ?
हाइस्कुल पढ्दादेखिनै कम्युनिष्टमा लागियो । कम्युनिष्टले समाजको असमानता, उत्पीडन, विभेदको अन्त्य गर्छन् र स्वाधिन समाज, सभ्य समाज निर्माण गर्छन भन्ने पढेको थिएँ । त्यसैलाई आधार बनाउँदै जाँदा । त्यती बेलाको जनमोर्चा, मसालमा नजिक हुने काम भो । माओवादीले जनयुद्ध घोषणा गर्यो र परिवेश तथा ग्रामीण सबै कुराले गर्दा पनि नेकपा माओवादी (तत्कालीन)मा लागियो । कम्यनिष्टको आदर्शलाई पूरा गर्ने पार्टी तत्काल नेकपा माओवादी देखिएकाले लागेका हो ।
पार्टीमा लागेर व्यक्तिगत स्वार्थ इच्छा पूरा भएको छ ?
त्यस्तो केही छैन । स्वार्थ नै हुन्थ्यो भने माओवादीमा लाग्नु पर्ने थिएन । गाउँघरमा राम्रै परिवारको मान्छ हो हामी । ठकुरी परिवारको चल्तापूर्जा नै थियौँ । पढेलेखेकै व्यक्ति हुँ, गाउँको । जनताको मुक्ति र वर्गीय विभेद अन्त्यका लागि कम्युनिष्टमा लागेको हुँ । नेकपा माओवादीमा लागेको हुँ । पार्टीमा लागेकाले केही स्वार्थ छैन । तर एउटा सत्यकुरा समाजमा भएको विभेद अन्त्य गर्ने इच्छा र आकंक्षा छ । त्यो मेरो स्वार्थ हो । त्यही कारणले माओवादीमा लागियो । यहाँसम्म आउँदासम्म जनयुद्धकालदेखि हाम्रो भाषामा भन्दाखेरी जनताको लागि संगठित भएको नेकपा माओवादी(नेत्रविक्रम चन्द) नै हो । हामी जनताको पक्षमा लड्न संगठित भएका हौँ । स्वार्थको कुनै कुरा छैन ।
नेकपा माओवादी पार्टीमा लागेपछि राजनीतिक गतिविधि, समाजमा त्यसले पार्ने प्रभाव कस्तो मान्नु भएको छ ?
माओवाीका विभिन्न कालखण्ड भइसकेका छन् । सुरुको चरणमा जनयुद्ध घोषणा गरिसकेपछि माओवादीप्रति आकर्षणका थियो । समाजको विकृति अन्त्य, न्यायसम्पादन, गरिव र उत्पीडनको मुक्तिदाताको रुपमा माओवादी स्थापित भयो । अहिले पछिल्लो चरणमा त्यति मात्रै भएन । माओवादीले एउटा उचाइँ पनि प्राप्त गर्यो । शान्ति प्रक्रिायमा आयो । जनताले माओवादीलाई ठूलो पार्टी बनाए । तर नेताहरूमा भएको विभिन्न खालका विचलन र पार्टीका अडान र दृष्टिकोणमा भएको अभावले माओवादी क्षतविक्षित भएर यहाँसम्म आएको छ ।
माओवादी (विप्लब) फेरि नयाँ ढङ्गले अगाडि बढेको छ । यस विषयमा लामो ब्याख्या पनि छ । माओवादीको राज्य र नेतृत्व विना शान्ति र समृद्धि सम्भव छैन । अरुहरूले गर्ने भनेको दमन हो । विदेशीको हस्तक्षेप र आशीर्वादमा गर्ने शान्ति र समृद्धि जनतालाई मान्य हुँदैन । कहिले काहीँ माओवादीको झिल्काहरू कमजोर होला वा बढी होला । तर समाजमा रहेको वर्गीय विदेभ अन्त्यको कुराहरू नेकपा माओवादीको नेतृत्व र पहल कदमीले हुन्छ ।
नेकपा माओवादीको उद्देश्य के हो ?
अहिले हाम्रो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब)को नेतृत्वमा वर्गीय विभेद अन्त्य र समाज परिवर्तनको उद्देश्य हो । विशेष गरेर २०५२ सालको जनयुद्ध लड्दाको उदेशय नै हाम्रो अहिलेको पनि उदेश्य हो । अहिलेको आन्दोलन त्यसकैको निरन्तरता हो । बरु अहिले त्यसर्लाइ नयाँ ढङ्गले लागू गर्ने हो । उदेश्य भनेको स्वाधीन राष्ट, स्वाधीन समाजको कुरा हो । वर्गीय मुक्ति हुनु पर्यो । विभिन्न खालका विभेद अन्त्य हुनु पर्यो । मान्छे, नेपाली–नेपाली भएर बाँच्न पाउनु पर्यो । दलित, महिला मधेसी, गरिव पिछडिएकाको मुक्ति हुनुपर्यो । जनताको राज्य हुनुपर्यो । मुलुकमा र समाजमा राइँदाइँ गरेकाहरूको दमन अन्त्यहुनु पर्यो ।
तपाईकोहरूको पार्टी मुल राजनीतिमा छ कि छैन ? कांग्रेस, एमाले एमाओवादले गरेको जस्तो राजनीति गर्न किन नचाहेको तपाईहरू ?
नेकपा माओवादीले गर्न नचाहेको भन्दा पनि, नचाहेको कहाँ हो र ? संसदीय कुरा गर्ने हो भने त्यति बेलाको ०४८ सालको नौ सिटमा चुनावमा तेस्रो पार्टी बन्यौँ । ०६४ सालमा पहिलो पार्टी बन्यौँ । त्यो पनि यही अहलेका माओवादी सामेल छन् । त्यति वेलाका नेता र मन्त्रीहरू अहिले पनि सभासद छन् । अहिले पनि संविधानसभामा सामेल छन् ।
त्यो गतिविधि गरेर हुन्छकी हुँदनै भन्दाखेरी त्यो सम्भव देखिँदैन । गत चुनाव बहिष्कार गर्यौँ । तपाईको यो चुनावमा दलाल र विदेशी हस्तक्षेप, एजेन्ट प्रतिनिधित्व हुन्छ भनेका थियौँ । त्यही नै भयो । अन्ततः एमाओवादी पनि हामीले भनेअनुसार तेस्रो दलमा आयो । प्रत्यक्षमा २५ सिटमा आयो । एमाओवादीले पनि गतिविधी गरेको छ । गतिविधी विभिन्न प्रकारको हुन्छ । संसदीय व्यवस्था असफल भइसकेको छ । त्यसको पेरिफिरमा हिँड्नु भनेको कांग्रेस, एमाले हुनु हो । माओवादीको नाम मात्रै बदल्नु हो ।
नयाँ खालको राज्य संरचना र नयाँ खालको प्रक्रिया र सिष्टम व्यवस्था गर्नुपर्यो । नेपाली जनताको सिष्टम र राज्यबाट हुनुपर्ने भएककोले यो गतिविधिबाट अलग ढङ्गले लागेको हो । हामी जनताको बिचमा छौँ । जनपक्षमा छौँ । भूकम्पको बेला हामी जनतको बिचबिचमा छौँ । हामी मात्रै हो जनताको माझमा गएको । अरुले फोटो खिचाए । टिभीमा देखिए तर हामीले कुनै प्रचार विना जनताको सहयोग गर्यौँ । केपी ओली र सुसील कोइालाले जस्तो भृकुटीममण्डपमा गएर भूकम्पको टोपी लगाएनौँ ।
नेकपा माओवादीले यो संविधान मान्नेकी नमान्ने ?
संविधान हाम्रो पार्टीले मान्ने नमान्ने होइन । जनताले मान्दैनन् । दुई चार/जना नेताले उनीहरूको पकडमा भएकाले मान्छेहरूले बाहेक अरुले मान्दैनन् । जनजाति मधेसी । थारुले यो संविधान मान्दैनन् । पशुपतिनाथको बाबाहरूले पनि मान्दैनन के ? यो संविधान । यो कसले मन्छ, कसले मान्दैन भन्ने होइन । यसमा तर्क नै छैन । किन भने कतिपयले रात्रिभोज गर्लान, कतिपायले दिवाभोज गर्लान, उत्सव मनाउलान् । त्यो फगत हुन्छ । यो जनतामा बहिष्कृत भइकेको छ ।
हामीले विरोध स्वरुप मात्रै सांकेतिक रुपमा दुई गते काठमाडौंमा जनप्रदर्शन गर्दै छौँ । तीन गते नेपाल बन्द घोषणा आह्वान गरेका छौँ । मान्छौँ वा मान्दैनौँभन्दा पनि जनताले नमानेको कुरालाई हामीले मान्नुपर्छ भन्ने होइन ।
तराईको आन्दोलनमा तपाईहरूको घुसपैठ भयो रे हो ? आन्दोलनमा पसेर हिँसा मच्चाउनु भएको हो ?
जनताको छोराछोरीहरू कोही हाम्रो पार्टीमा छन् । केही अर्काको पार्टीमा होलान् । जनताले गरेको प्रतिरोध र जनताले गरेको न्यायपूर्ण आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ, समर्थन छ । घुसपैठनै गर्नुपेर्ने कारणनै के छ र ? बरु शान्ति सुरक्षा कामय गर्न राज्यले कमजोरी गरेको छ । त्यहाँ राज्यले क्षति रोक्नुपर्ने हो । हाम्रो पार्टीका प्रवक्ता खड्क विश्वकर्माले भनिसक्नु भएको छ । हिंसा हामीले गराएको होइन । त्यहाँका जनता सबै पार्टीमा छन् ।
कांग्रेसकै मान्छेहरू पनि मधेसको आन्दोलनमा छन् । एमालेका मन्छेहरु पनि छन् । थारु मधेसीका कुरा गर्नु हुन्छ भने कयौँ सभासद पनि आन्दोलनमा लागेका छन् । आमजनता लाग्यो आन्दोलनमा भन्दाखेरी हाम्रो पनि समर्थन हुन्छ । पार्टीको घुपपैठ भएछ भनेहाम्रो पार्टीको होइन । दलालको घुसपैठ हुनसक्छ । विदेशीकै योजनामा घटनाहरू घटाइएका छन् । विदेशीकै योजनमा आरोप लगाइएका छन् । हामीलाई घुसपैठनै गर्नुपर्दैन । हामी खुलेआम जनताको पक्षमा बोल्ने भएकाले घुसपैठ गर्नु आवश्यक छैन ।
तपाईकाहरूको पार्टीमा जनतको समर्थन छ कि छैन ?
जनताकै समर्थनले आन्दोलन टिकेको हो । जनताले बरु कतिले ढिलो वा चाँढो बुझ्लान । त्यो एउटा पाटो होला । जनताको समर्थनमा आन्दालन अगाडि बढेको हो । जनताले बुझ्दै जाने छन् । राज्यका शासकको गतिविधिबाट पनि हाम्रो पार्टीको आन्दोलन जनताले छिटो बुझ्ने छन् ।
नेकपा माओवादीबाट जनता त्रसित छन् रे हो ?
जनता होइन शासकहरु त्रसित छन् । जनता उत्साहित छन् । किन भने अहिले पनि नेपालमा राज्यले चुनौति देखेको छ भने हामी र हाम्रो पार्टी नेकपा माओवादीलाई देखेको छ । हामी साच्चीकै गरिव र मजदुर तथा जनताको पक्षमा छौँ । जनताको विशाल पंक्ति हुने भएकाले जनता नै उत्साहित छन् । शासक दलाल खुराफाती घटिया सोँचका मान्छेहरू त्रसित भएको सत्य हो । वास्तविक जनता, आमजनता हाम्रो विकास, विस्तार र आन्दोलन चाहन्छन् ।
तपाईहरूले कर्मचारी र सर्वाधारहरूलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउने कुट्ने यो पनि आन्दोलन हो र ?
त्यो पनि जनताले गरेको करा हो । एउटा कुरा के हो भने । समाजमा केही रिश्क त लिनुपर्छ । शासकले राम्रो नगर्दाखेरी तिनीहरूले न्यनताम मूल्यमान्ता पनि पालना गरेनन् । न्यूनतम मूल्य र मान्यतापालना गरभन्दा नमानेपछि जनताले जनकारबाही गर्छन् । गर्नुपर्छ । समाज बदल्नको लागि फटाहाहरूलाई कारबाही गर्नुपर्छ । शासकहरूले भष्टचार गर्छन् । न्यूनतम मूल्य र मान्यता पालना गर भनेर जनता र युवाहरूको तर्फबाट जनकारबाही, जनएक्सनहरू भएका छन् । जनकारबाही गर्नुपर्छ । त्यस्ता शासकहरुलाई, जो जनविरोध कार्यमा लाग्छन् ।
कालोमोसो दल्दा राज्यले कारबाही गर्ला नी ? तपाईहरूले के गर्नु हुन्छ ?
प्रतिकारको करा भएन । त्यो जायजकाम गर्दा कारबाही गर्छ भने कारबाही गरोस्, भोगन तयार छौँ । जनताको जायज काम गर्दा राज्यले कारबाही गर्छ भने गरोस् नत । अहिलेको राज्य हुनेखानेको पक्षमा दलालको पक्षमा लाग्ने हो । जनताको पक्षमा राज्य कहिल्यै छैन । निर्दोशलाई कारबाही हुनु भएन ।
यो समाजको लागि केही गर्नुपर्छ । आम जनताको तर्फबाट स्वीकृत हुन्छ । जनताले साथ दिने भएकाले राज्यले पनि कसको रक्षा गर्ने कसको प्रतिरोध गर्ने हो जनताले मूल्याङ्कन गर्नेछन् । हुन त राज्य केही प्रतिशतको संरक्षण गर्छ । आमजनताको विपक्षमा छ ।
त्यसो भए संविधान जारी भएपछि तपाईहरूले मान्नु हुन्न ?
चुनावमै भाग नलिएको पार्टीलाई यो प्रश्न उचित भएन के ? बैद्य माओवादी र हामीहरू चुनावमा भाग नलिएका हौँ । अब हामीले नयाँ संविधान मान्नुपर्छ भन्ने छैन । थुप्रै गाउँवस्तीले चुनावमा भाग लिएको छैन । आमजनताको विषय नै बहिष्कृतको रुपमा व्याख्या गरिसकेको र त्यही रुपमा अघि बढेकोले जनताले गाउँगाउबाट जलाइदिने छन् ।
यहि संविधानमा आधारित भएर कानुन बन्छ । कानुन मान्ने की नमान्ने तपाईहरू ?
०४७ सालमा कानुन र संविधान बन्यो । ०५२ सालमा नमान्ने भनेर घोषणा भयो । बनेका सबै कानुन पालना हुदैनन् । कानुनले यो समाज र आन्दोलनलाई रोक्दैन । ज्ञानेन्द्रका कानुन थिएन र ? त्यसले रोक्यो र ? रोकेन नी । नेपालमा कानुको अभाव हो र ? कानुन बन्दैमा नेपालमा केही हुने वाला छ र ? केही हुँदैन ।
तपाईको पार्टीमा युवा किन आकिर्षती भएका हुन् ?
यो सत्य हो । समाजनमा जसले राम्रो काम गर्छ त्यसको पछाडि आमजनता र युवा लाग्छन ।
तपाईहरूले के काम गर्नुभो त्यस्तो ? युवाहरू पछि लाग्ने ?
कुन नेताले वा दलले नेपालको विकास हुन्छ भनेको छ ? त्यही विदेशीको आशीर्वाद लिएर जनता हप्काउने । दमन गर्ने बाहेक ठूला कुरा के गरेका छन् ? विदेशीको आडमा टाइट गर्ने । सुरक्षा निकायलाई हाइअर्लट बनाउने बाहेकका खुराफाती बाहेक केही छैन । यो देशको नेतृत्व नेकपा माओवादीले लिने छ । नेतृत्वकर्ता महासचिव विप्लब हुनुहुनन्छ । मान्छेले चाहुनु वा नचाहुने हामी नेपालको नेतृत्व लिन्छौँ । अहिलेका राजनीतिक खेलाडिहरू फेल हुन्छन् । जति कानुनको संविधानको दफा लगाए पनि जनतको साथ हामीलाई हुन्छ । राजनीतिक दलका नेताहरू एक पटक फेल हुन्छन् । हाम्रो पहल कदमी पनि रोकिँदैन । नेकपा माओवादीमा जनता आशावादी छन् ।













प्रतिक्रिया