नेकपा एमालेको आसन्न नवौं महाधिवेशनका लागि शनिबार देशैभरि प्रतिनिधि चयन भएको छ ।
संबिधान सभाको उपनिर्वाचन हुने जिल्ला बाहेकका जिल्लाहरुमा महाधिवेशन प्रतिनिधि चयन गर्न एमालेका नेता कार्यकर्ता व्यस्त भए ।
महाधिवेशन प्रतिनिधि आफ्नो पोल्टामा पार्नका लागि अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली लागिपरेका छन् । शनिबारको प्रतिनिधि चयनमा जस्को वर्चश्व हुनेछ, ऊ नै भावी अध्यक्ष चयन हुने पक्कापक्की छ ।
केही ठाउँमा सर्वसम्मत भएको छ भने केही ठाउँमा मतदान भएको छ । प्रतिनिधि चयन यस्तो छ:
बझाङमा १३ मध्ये ९ ओली, ४ माधव नेपाल, भूतपूर्व सैनिक ५ मध्ये ४ ओली, १ नेपाल पक्षका छन् ।
डोल्पामा सबै आठजना प्रतिनिधि ओली पक्षका निर्वाचित भएका छन् । कञ्चनपुरमा दलितमा ५ मध्ये २ ओली र ३ नेपाल पक्षका छन् ।
उदयपुरमा मजदूरतर्फ १ जना ओली निकट निर्वाचित भएका छन् ।
जानकारी अनुसार कालिकोटका १४ जना प्रतिनिधिमा ओली र नेपालको बरावरी देखिएको छ । त्यस्तै ताप्लेजुङ–२ मा ७ जना प्रतिनिधिमा नेपाल-६, ओलीको-१ जना आएको बुझिएको छ । तेह्रथुममा नेपाल- ८ ओली-१ जना। त्यसैगरी, नवलपरासीमा पनि प्रतिनिधि छनोट भएको छ ।
धनकुटामा नेपालको १२, ओलीको २ जना आएको बुझिएको छ ।
यसैगरी काभ्रे जिल्लामा मजदुरतर्फबाट ओली पक्षका शम्भु नेपाल निर्विरोध भएका छन् । काभ्रेमा दलिततर्फबाट प्रतिनिधि हुन ओली पक्षकै दुई जनाको उम्मेदवारी परेको छ ।
गुल्मी क्षेत्र नंं.१, २ र ३ बाट मधुकृष्ण पन्त, कौशल पोखरेल, डिल्लीराज भूषाल, बालसिंह काउछा, सोमनाथ सापकोटा, निलकण्ठ गौतम, कमला शर्मा, टीकाराम ढकाल, जीवन खरेल, सरस्वती गिरी, दानबहादुर राना, ललिता गौतम प्रतिनिधि चयन हुनुभएको छ ।
लमजुङ: ओली पक्ष- मायानाथ अधिकारी, प्रेम घले, धनन्जय दवाडी, फुलबहादुर थापा, बमबहादुर थापा, कृष्ण अधिकारी, लक्ष्मी अधिकारी, यशोदा रिमाल, लोका अधिकारी, प्रेम रम्तेल, हिरालाल विश्वकर्मा, सिंहबहादुर थापा
नेपाल पक्ष: जमिन्द्रमान घले, गुमानसिंह अर्याल, महेन्द्रलाल श्रेष्ठ, सुवास पौडेल, हिरादेवी घले
बागलुङ: तीन निर्वाचन क्षेत्र रहेको बागलुङबाट १६ जना मध्य १० जना केपी आली समूह र छ माधव नेपाल समूहका रहेका छन् । क्षेत्र नम्बर एकमा उपाध्यक्ष एवं सभाषद नरबहादुर थापा मगर, पूर्व अध्यक्ष जनक पौडेल, उपसचिव मनकुमारी केसी, राष्टिय प्रतिनिधि परिषद सदस्य इन्द्रलाल सापकोटा, हिराबहादुर केसी, ममतादेवी शर्मा र सञ्जय श्रेष्ठ चयन भएको एमालेले जनाएको छ ।
यस्तै क्षेत्र नम्बर दुईमा पार्टी अध्यक्ष श्रीप्रसाद शर्मा, डाक्टर सूर्य पाठक र सावित्रा राना, क्षेत्र नम्बर तीनबाट मोहनलाल शर्मा, विष्णु भुषाल र विना थापा सर्वसम्मत चयन भएका छन् ।
यस्तै दलिततर्फ गोविन्द नेपाली र धनबहादुर परियार, मजदुरतर्फ लक्ष्मी शर्मा चयन भएका छन् । एमाले प्रचार विभाग प्रमुख रामकृष्ण शर्माका अनुसार क्षेत्र एकका इन्द्रलाल सापकोटा, हिराबहादुर केसी, ममतादेवी शर्मा, सञ्जय श्रेष्ठ, दुईका श्रीप्रसाद शर्मा र मजदुरका लक्ष्मी शर्मा बाहेक सबै केपी ओली समूहका हुन् ।
म्याग्दी: महाधिवेशनका लागि म्याग्दी जिल्लाबाट पनि नौं जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । चयन भएका मध्य सात जना केपी ओली समूहका छन् ।
खुल्लातर्फ अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा संविधान सभाका सभासद नवराज शर्मा र अञ्चल कमिटी सदस्य खुमबहादुर बानियाँ रहेका छन् ।
त्यसैगरी महिलातर्फ राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं संविधान सभा सभासद नरदेवी पुन र राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मुना बानियाँ, मजदूर र दलिततर्फ क्रमशः गोपाल रिजाल र कृष्णकुमार विश्वकर्मालाई छनोट गरिएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
छनौट भएका खुल्लातर्फका सचिव बालकृष्ण सुवेदी र दलिततर्फका कृष्णकुमार बिक झलनाथ समूहका रहेका छन् ।
म्याग्दीमा माधव नेपाल समूहबाट कोहीपनि प्रतिनिधित्व नभएको र झलनाथ समूहका दुई जना अन्तमा कता जाने भन्ने टुंगो नलागेको जनाइएको छ ।
मुस्ताङ: हिमालपारीको जिल्ला मुस्ताङबाट चार जना मध्य तीन जना केपी समूहका छनौट भएका छन् ।
शनिबार बसेको बैठकले चारजनालाई सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा छनौट गरेको हो । बैठकबाट पार्टी अध्यक्ष चन्द्रमोहन गौचन, सचिव देबहादुर गुरुङ, महिलाबाट जमुना थकाली र दलितबाट सिमा नेपाली चयन हुनुभएको छ ।
चयन भएका मध्य अध्यक्ष गौचन, थकाली र नेपाली केपी ओली समूहमा खुलेर लागेपनि पार्टी सचिव गुरुङ अहिलेसम्म तटस्थ देखिनुभएको छ ।
मुस्ताङबाट शर्मिला गुरुङका अनुसार समूह भन्दापनि पार्टीमा गरेको त्याग र लगानीका आधारमा प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो ।
धादिङ क्षेत्र नं २ बाट खेम लोहनी, लक्ष्मण शर्मा, जानुका सिंखडा, गंगादेवी श्रेष्ठ, गुरुप्रसाद बुर्लाकोटी र कृष्णप्रसाद अर्याल, रमेश आचार्य, केदार खतिवडा, निर्विरोध हुनुभएको छ । अन्यमा निर्वाचितमध्ये अर्जुनकुमार श्रेष्ठ र धर्मजीत तामाङ छन् ।
यसैगरी, क्षेत्र नं. ३ बाट मीनराज कँडेल, बालकृष्ण आचार्य र चापबहादुर श्रेष्ठ, ध्रुव शर्मा, अम्बिमा रुपाखेती, कृष्णहरि श्रेष्ठ र गिरिराज कँडेल निर्वाचित हुनुभएको छ। सो जिल्लामा मजदुरतर्फबाट विमल थापा, दलिततर्फबाट ध्रुव विक, फूलमान विक निर्वाचित हुनुभएको छ ।
धादिङ क्षेत्र नम्बर १: माधव–ओली बराबर । ओली समूहबाट उमेश थापा, भरत खत्री, कृष्ण लामा । नेपाल समूहबाट भगवान थापा, डा रामकुमार अधिकारी, इन्दिरा ढुंगाना ।
धादिङमा ओली समूहको १४ जना र नेपाल समूहको १२ जना चयन भएका छन् ।
खोटाङमा पनि १८जना प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै, म्याग्दीमा ९ जना निर्वाचित भएका छन् ।
मेची अञ्चल सम्पर्क कमिटीबाट अध्यक्ष ईन्द्र भण्डारी र गिता बराल निर्वाचित भएका छन्।
राप्ती अञ्चल सम्पर्क कमिटीबाट सावित्रा बुढामगर सर्वसम्मत चयन हुनु भएको छ ।
कोशी–काठमाडौं अञ्चल सम्पर्क कमिटी : कोशी अञ्चल सम्पर्क कमिटीबाट ओली पक्षका विष्णु पोखरेल, भुवन खतिवडा, शान्ति देवान र सुशीला राई चयन भएका छन् । नेपाल पक्षका खम्ब खत्री मात्र प्रतिनिधि भए ।
डडेल्धुरामा नेपाल पक्षबाट डा. तारा जोशी, गजेन्द्र शाही, सकुन्लता नगरकोटी, धर्म ताम्रकार र भीम बोहरा चयन भएका छन् ।
ओली पक्ष शाही, पठान सिह बोहरा चयन भए ।
बैतडी ओली पक्षकै वर्चश्व छ । वैतडीबाट दामोदर भण्डारी, नरेन्द्र विष्ट, नरेश विक, लालु विक, मोहन विष्ट, जानकी अवस्थी, जगी साउद र जसबीर बोहरा, लिलाधर भट्ट, महादेब भट्ट, सरस्वती नेपाली, चक्र कार्की, लक्ष्मण भट्ट, कैलाश कुमार कनौजिया चयन भए ।
नेपाल पक्षबाट परमानन्द भट्ट, सुरेन्द्र पाल, पुरन दयाल, पार्वती भट्ट, माया भट्ट र हजारी साउद चयन भए ।
यसैगरी युवा संघ नेपालबाट महिलातर्फबाट उपाध्यक्ष निरु पाल निर्विरोध प्रतिनिधि छानिएकी छिन् ।
बारा क्षेत्र नं. १ बाट बतहु यादव निर्विरोध भएका छन् । उनी नेता ओली पक्षीय हुन् ।
महाधिवेशनका लागि प्रतिनिधी चयनका क्रममा नेपाल खेलकुद महासंघबाट छनौट भएका आठै प्रतिनिधी केपी ओली पक्षधर छन् । खेलकुद महासंघका इञ्चार्ज तथा उद्योग मन्त्री कर्ण थापाको उपस्थितिमा बसेको बैठकले प्रतिनिधी चयन गरेको हो । पार्टीद्वारा तोकिएका १६ मध्ये आठ प्रतिनिधी चयन गरेको हो । कतिपय घटक संगठनका अध्यक्ष र पदाधिकारी पार्टीको संगठित सदस्य रहेको र कतिपयको पार्टी सदस्यता प्राप्त मितिका आधारमा प्रतिनिधी चुनिने योग्यता नपुगेको कारण महासंघले तोकिएभन्दा आधा प्रतिनिधी मात्र चयन गरेको हो ।
नुवाकोट–२ मा पाँच जना प्रतिनिधी मध्येमा ४ जना केपी शर्मा ओली पक्षका प्रतिनिधि निर्विरोध भएका छन् ।
पत्रकार विष्णु तारूकेका अनुसार बद्री मैनाली, विन्दा ढुङ्गाना, बलराम आचार्य, केपी लामिछाने र मजदुरबाट कविन्द्र प्रधान निर्वीरोध निर्वाचित भएका हुन । लामिछाने मात्रै माधव नेपाल पक्षमा खुलेका छन।
बारा–३ ओलीपक्ष विजय बारा–३ भर्खरै सम्पन्न नतिजा अनुसार महिला तर्फबाट प्रतिमा मैनाली र खुल्लाबाट विनोद साह निर्वाचित भएका छन् । उनीहरु दुवै केपी शर्मा ओली पक्षका हुन् ।
थप अपडेटका लागि यो समाचार रिफ्रेस हेर्दै गर्नुहोला ।














प्रतिक्रिया