कालीकोट, ३० भदौ । कालीकोटमा विष सेवनबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीको ४० वर्षीया श्रीमती मैना शाही रहेकी छन् ।
गएराति खाना खाइसकेपछि पारिवारिक कलहका कारण विष सेवन गरेपछि उपचारका क्रममा लैजाँदै गर्दा मैनाको मृत्यु भएको हो ।
मृत्युको कारणबारे केही जानकारी नभएको र अनुसन्धान प्रक्रिया जारी रहेको इलाका प्रहरी कार्यालय स्युनाका प्रमुख जङ्गबहादुर आलेले बताउनुभयो । रासस















प्रतिक्रिया