३० आश्विन २०८३, शुक्रबार

न्युयोर्कमा डा बिष्णुमाया परियार सामाजिक न्याय पुरस्कारबाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-bishnumaya-paryar– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको न्युयोर्क राज्यमा स्थापना भएको लंग आइल्याण्ड नेपलिज सोसाइटीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज कार्यक्रममा महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता डा बिष्णु माया परियारलाई सामाजीक न्याय पुरस्कार बाट सम्मानित गरेको छ ​।

उनलाई महिला सशक्तिकरण सम्बन्धी तथा बालबालिकाहरुको शिक्षामा गरेको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको हो ।

उक्त पुरस्कार न्यु योर्कका वाणिज्यदूत का महा बाणिज्य दुत क्रिशु क्षेत्री तथा गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले प्रदान गरेका थिए । यसैगरि संस्थाका अध्यक्ष दुर्गेश कार्कीले खादा ओढाई सम्मान गरेका थिए ।

समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी डा बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त ‘पाइन् मानोर कलेज’ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो ।

समाजसेवी बिष्णुमाया परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था ‘एड्वन’ मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् ।