३० आश्विन २०८३, शुक्रबार

सदभाव फुटबलको उपाधि ओम पुष्पान्जलीलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-Game-1  महेन्द्रनगर, २९ भदौ । ‘सामाजिक सदभावको लागि खेल’ भन्ने नाराका साथ कञ्चनपुरको दोधारामा आयोजित सदभाव फुटबलको उपाधि ओम पुष्पान्जली इंग्लिस स्कुलले हात पारेको छ ।

टाइवे्रकरमा निर्णय भएको प्रतिस्पर्धात्मक फाइनलमा गणेश इन्टरप्राइजेजलाई १ का विरुद्ध ३ गोलले पराजित गरि ओम पुष्पान्जलीले उपाधि जितेको हो । निर्धारित ९० मिनेट गोल रहित बराबरीमा टुंगिए पछि नतिजा टाइ व्रेकरबाट निकालिएको हो ।

kanchanpur-Game१२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता ओम पुष्पान्जलीले नगद २० हजार सहित ट्रफि र उपविजेता गणेश इन्टरप्राइजेजले नगद १० हजार सहित ट्रफि पाएको न्यूकमलशा स्र्पोटस क्लव दोधारका अध्यक्ष नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

स्थानीय न्यूकमलशा स्पोर्टस क्लव र सामुदायिक सुरक्षा समिति दोधरा चादनीको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेल हेर्न करिव ५ हजारको संख्यामा दर्शक लक्ष्मी माविको मैदानमा पुगेका थिए । कार्यक्रमको समापन समारोहमा कञ्चनपुरका प्रहरी प्रमुख एसपी किशोर दाहाल, युनडिपी, सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजनाका प्रोग्राम अफिसर धनवहादुर थारु, दोधारा चादँनीका विभिन्न समाजसेवी वुद्धिजिविहरुले खेलको अवलोकन गरेका थिए ।

kanchanpur-Game-2समापन समारोहका प्रमुख अतिथि कञ्चनपुरका प्रहरी प्रमुख एसपी किशोर दाहालले सामुदायिक सुरक्षाको लागि युवाहरुले सकारात्मक कार्यमा क्रियाशिल हुनुपर्ने र त्यसको लागि खेलकुद सवैभन्दा उत्तम गतिविधी रहेको वताउनुभयो ।

समापन समारोहको अवसरमा सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजनाले सामुदायिक सुरक्षा समिति दोधारा चादनीलाई २० थान लाइफ ज्याकेट प्रदान गरिएको सुरक्षा सहजकर्ता अमिर तिरुवाले जानकारी दिनुभयो ।

kanchanpur-Game-3यस अघि समापन समारोह अघि नेपाल पत्रकार महासंघ कंचनपुर र दोधाराका पुर्व फुटबल खेलाडीहरुबीच मैत्रीपुर्ण फुटबल खेलिएको थियो । सो खेलमा नेपाल पत्रकार महासंघको टिम ० का विरुद्ध २ गोलले विजयी भएको थियो ।