
देउखुरी, २९ भदौ । नेपालको नयाँ संविधान २०७२ घोषणाको मिति तय भएपछि दाङको देउखुरीमा संविधान स्वागतको भब्य तयारी गरिएको छ ।
लालमटिया गाविसस्थित मौरीघाटका नागरिकहरुले असोज ३ गते वेलुका ५ बजे घोषणा गरिने नयाँ संविधानको स्वागतको भब्य तयारी गरेका हुन् ।
बाजा गाजासहित दीप प्रज्ज्वलन गरेर संविधानको स्वागत गर्ने तयारी गरिएको स्थानीय राजनीतिक दलका अगुवा वीरबहादुर चौधरीले जानकारी दिनुभयो ।
आज बिहान (मंगलबार) भएको स्थानीयहरुको भेलाले टंकनाथ चौधरीको संयोजकत्वमा ५ सय १ सदस्यीय स्वागत तदर्थ समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा धर्मराज अधिकारी, वीरबहादुर चौधरी, मधुसुदन पौडेल, चन्द्रबहादुर जिसीलगायतका रहनु भएको छ ।
संविधानको स्वागत कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरिएको छ ।















प्रतिक्रिया