१० कार्तिक २०८३, मंगलबार

स्वास्थ्य संस्थाभित्र पानी चुहिँदा उपचारमा समस्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, २९ भदौ । डोल्पाको सिमानासँग जोडिएको जाजरकोटको भगवती स्वास्थ्य चौकीमा पानी चुहिँदा समस्या भएको छ ।

जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने यो स्वास्थ्य चौकीमा जीर्ण भवनका कारण पानी चुहिने समस्या आएको चौकीका प्रमुख तुलबहादुर नेवारले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी भवन रहेको जग्गा स्वास्थ्य चौकीको नाममा नभएका कारण थप मर्मत हुन नसकेको हो ।

भगवती गाविस– ३ मा रहेको यस स्वास्थ्य चौकीको जग्गा खरिदका लागि चार वर्षअघि जग्गा धनी रन्जने कामीलाई ४८ हजार दिए पनि अहिलेसम्म स्वास्थ्य चौकीको नाममा जग्गा नहुँदा निकै समस्या भएको गाविसका कार्यालय सहायक नवीन सिंहले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य चौकीमा पानी पर्नासाथ चुहिने हुँदा उपचार गर्न, औषधि जोगाउन र अन्य सामग्री जोगाउन निकै मुस्किल परेको छ । यो जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य चौकी हो । रासस