१० कार्तिक २०८३, मंगलबार

कमल थापाले भने- संसदमा हामीले कसैको साथ पाएनौं, दुःखी छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-thapaकाठमाडौं, २८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको उठाएको एजेण्डालाई पूरा गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

संविधानसभामा जारी संविधानको विधेयकमाथि संशोधन मतदानमा हिन्दू राष्ट्रका पक्षमा बहुमत नपुगेपछि दुःख व्यक्त गर्दै अध्यक्ष थापाले नेपाली जनतासँग माफी मागेका छन् ।

उनले भनेका छन्-‘संविधानमा हिन्दूराष्ट्र कायम गर्न हामी असफल भयौ, हामी एक्लो भयौ । अखण्ड पार्टी बाहेक हामीलाई कसैले साथ दिएनन् । दुःखी छौ ।’

सोमबार संविधासभामा सम्पन्न मतदानमा धारा ४ मा नेपाल धर्मनिरपेक्ष प्रस्ताव बहुमतले पारित भएको छ । यसमा राप्रपा नेपालका कमल थापा लगायतले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भनी राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । यससँगै अब नेपाल हिन्दूराष्ट्र नहुने भएको छ ।

यो पनि पढ्नुहोस् :

संविधानसभामा मतदान सुरु, नेपाल हिन्दूराष्ट्र नहुने, धर्म निरपेक्षता धारा बहुमतले पारित