१० कार्तिक २०८३, मंगलबार

काठमाडौँ बमकाण्डका अभियुक्तले दिए पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baban-singरौतहट, २८ भदौ । काठमाडौँको त्रिपुरेश्वरमा बम काण्डको अभियोग लागेका पूर्वसभासद् बबन सिंहले तीन जना पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएपछि रौतहटका पत्रकारहरु त्रसित भएका छन् ।

मधेस आन्दोलनका पक्षमा समाचार नलेखेको भन्दै सिंहले सोमबार दिउँसो सदरमुकाम गौरस्थित कोहिनुर एफएमबाट नागरिक दैनिकका मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका हुन् ।

पूर्व सभासद समेत रहेका सिंहको यस्तो धम्कीपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ति जनाएको छ । सोमबार साँझ विज्ञप्ती जारी गर्दै महासंघले आन्दोलनका समाचारहरु निर्वाध रुपमा सम्प्रेषण भइरहेको भन्दै पत्रकालार्इ सिंहले दिएको धम्कीको घोर भत्र्सना गरेको छ ।

महासंघ रौतहट शाखा अध्यक्ष शैलेन्द्र गुप्ताद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ- एफएम रेडियोबाट पूर्व सभासद् जस्तो मर्यादीत पदका व्यक्तिले दिएको आपत्तिजनक अभिव्यक्ति र धम्कीले स्वतन्त्र प्रेसमाथिको प्रहार भएको छ ।’

यस्तो धम्की दिनेले गल्ती नसच्याए उनीहरुसम्बन्धी समाचार नै बहिष्कार गरी संघर्षमा उत्रिने महासंघले चेतावनी दिएको छ । महासंघले कोहिनुर एफएमलाई सभासद् सिंहले दिएको अभिव्यक्तिको रेकर्ड टेप उपलब्ध गराउन समेत माग गरेको छ । सिंह पहिलो संविधानसभाका सभासद् थिए । उनी काठमाडौंको बम काण्डमा मुछिएका थिए ।