१० कार्तिक २०८३, मंगलबार

संविधान घोषणापछि युवा संघले हप्तादिन विजयी उत्सव मनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1काठमाडौं, २८ भदौ । संविधान जारी हुने मिति तय भएपछि आम नागरिकमा खुसीयाली छाएको छ ।

आगामी असोज ३ गते विहीबार भव्य समारोहका बीच संविधानसभाबाट नेपालको नयाँ संविधान घोषणा हुँदैछ । ७५ वर्षदेखिको नेपालीको संविधान पाउने चाहना पूरा भएपछि देशैभरी दिपावली सुरु भएको छ ।

यही क्रममा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले देशैभरी विजय उत्सव मनाउने घोषणा गरेको छ ।

युवा संघका महासचिव राजीव पहारीले ७५ वर्ष देखिको संविधान बनाउने सपना पूरा भएको अवसरमा युवा संघले एक हप्ते विजयी उत्सव मनाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘गाउँ गाउँदेखि टोल टोलदेखि सहर बजारसम्म जताततै हाम्रो संगठनले ७५ वर्षको संघर्षपछि प्राप्त संविधानमा विजयको उत्सव मनाउँछ, हामी आम नेपाली विजय उत्सवमा रमाउन आव्हान गर्दछौं ।’

उहाँले अब नेपाल विकासको पथमा तिव्र गतिमा हिड्ने बताउँदै विखण्डनवादी सोच भएका नेतालाई नेपाली जनताले परास्त गरेरै छाड्ने बताउनुभयो । संविधान घोषणा भएको अवसरमा विजय उत्सव मनाउन युवा संघले गाउँ गाउँ टोल टोलमा तयारी थालेको छ ।

यो उत्सवले नेपाली जनताको पीडालाई भुलाउने युवा संघको विश्वास छ । हाल युवा संघ संविधान निर्माणका लागि दवाव दिन तथा सामाजिक सदभाव कायम गराउन देशव्यापी अभियानमा खटिएको छ ।