१ कार्तिक २०८३, शनिबार

एक दिन बन्दले दुई अर्ब १८ करोड घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

udyoge-matri (1)काठमाडौँ, २८ भदौ । मुलुकमा एक दिन बन्द हुँदा रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने गरेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१/७२ को उपलब्धि समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा’ विषयक गोष्ठीमा सहभागी उद्योगीले बन्द हडतालले मुलुकलाई विकासको बाटोमा लैजान अवरोध पु¥याउने हुँदा त्यसो नगर्न आग्रह गरेका छन् ।

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले देशमा अर्थतन्त्रको मेरुदण्डका रुपमा उद्योग कलकारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि उचित वातावरण मिलाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानका लागि उद्योग क्षेत्रकै विकास हुनु जरुरी छ ।” मन्त्री बस्नेतले उद्योग क्षेत्रको विकासका लागि विगतमा भएका कमीकमजोरीलाई छलफल गरेर आगामी कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक छ, भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक बन्दका कारण रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दमा श्रमिकले काम नगरेको समयमा पनि पारिश्रमिक दिनुपर्दा उद्योगी मर्कामा परेका छन् ।”

मन्त्रालयका सचिव जयमुकुन्द खनालले जनताको चाहनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर समीक्षा बैठकमा छलफल गर्नु आवश्यक रहेको औँल्याउनुभयो । रासस