३० आश्विन २०८३, शुक्रबार

स्वयंसेवकका भरमा स्कुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-jandai-chora-choriउदयपुर, ७ असार । जंगलछेउको रातो डाँडामा जीर्ण काठको टहराभित्र खचाखच विद्यार्थी छन्। पुरानो कर्कटपाताले छाएको भवन पानी चुहेर हिलाम्य छ। कक्षाकोठामा गुन्द्री ओछ्याइएको छ। एउटै गुन्द्रीमा दोहोरो लाइन बसेका विद्यार्थी किताब र झोला काखमा राखेर पढ्छन्।

सिद्धिपुर–४ स्थित जयकलादेवी प्रावि कलिटारको दृश्य हो यो। गाविसका दुई माध्यमिक विद्यालय पुग्न तीनरचार घन्टा पैदल हिँड्नुपर्ने छोराछोरीको बाध्यताबाट आजित कलिटार, हिलेखोला बगैंचा र वीरेन्द्रबजारका अभिभावकले २०६४ तिर उक्त विद्यालय खोलेका हुन्। नजिकैको विद्यालय जाँदा पनि बालबालिकाले बीचमा पर्ने द्वारखोला तर्नुपर्थ्यो।

अभिभावकले विद्यालय खोल्ने योजना त्यसअघि नै बनाए पनि स्रोतव्यक्तिले समयमा सिफारिस नगरिदिँदा र गाविस कार्यालय तथा नजिकका विद्यालयले साथ नदिँदा ढिलाइ भएको थियो। स्रोतव्यक्ति र स्थानीय दुई विद्यालयको सिफारिसविना कक्षा सञ्चालन अनुमति शिक्षा कार्यालयले दिँदैनथ्यो।

स्थानीयले एक वर्ष पठनपाठन गरेपछि २०६५ सालमा कक्षा १ सञ्चालन गर्ने अनुमति जिल्ला शिक्षा कार्यालले दियो। हाल कक्षा ५ सम्म अनुमति प्राप्त उक्त विद्यालयमा १ सय ६५ विद्यार्थी अध्ययनरत छन्। तर, त्यत्तिका विद्यार्थी भएको स्कुललाई न शिक्षकको एउटा दरबन्दी शिक्षक दिइएको छ, न त भवन तथा फर्निचरजस्ता भौतिक संरचनामा सहयोग उपलब्ध छ। नागरिक दैनिकबाट