१ कार्तिक २०८३, शनिबार

पहिलोपटक मोग फुड नेपाली बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Foodकाठमाडौं, २७ भदौ । नेपालमै पहिलोपटक युरोपियन डग तथा क्याट फुड नेपाली बजारमा आएको छ ।

अब कुकुरका सौखिनहरुले एसियन फुडमै भर नपर्नुपर्ने भएको छ । सन १९६२ मा इटलीमा स्थापना भएको विश्वव्यापी मोंग सीएसपीए कम्पनीले उत्पादन गरेको मोंग ब्रान्डको डग फुड नेपाली बजारमा भित्र्याइएको हो ।

महानगर इन्टरनेसनल हात्तीगौंडाले पहिलोपटक नेपालमा भित्र्याएको मोंग ब्रान्डको डग फुड भारतीय र यसियन डग फुडभन्दा निकै किफायति मानिएको दाबी गरिएको छ । हाल नेपालमा भित्र्याइएको सिम्बा, स्पेसियल डग, मुङ्गे र पप्पी ब्रान्डा सानादेखि ठूला उमेरका कुकुरका लागि लाभदायक भएको महानगर इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सरेश कार्कीले बताए ।

मोंग ब्रान्ड फ्रेस चिकेनबाट निर्मित गरिनुका साथै यसमा न्युट्रेसन, भिटामिन, मिनिरल लगायतको मात्रा मिलाइएको दाबी कम्पनीले गरेको छ । मोंग ब्रान्डको डग फुड कुकुर र बिरालका लागि स्पेसल रूपमा तयार गरिएकाले यसको प्रयोगले अन्य भिटामिन र फुडहरूको प्रयोग आवश्यक नपर्ने बताइएको छ । भारतीय उत्पादनभन्दा अत्यन्त उत्कृष्ट भए पनि मुल्यका दृष्टिले भने यो ब्रान्ड महंगो नभएको सिईओ कार्कीले बताए ।

महानगर इन्टरनेसनलले हालै नेपाली बजारमा भित्र्याएको मोंगे डग फुड छोटो समयमै काठमाडौं, पोखरा, चितवत, विरगञ्ज,
विराटनगर, नेपालगञ्ज, धनगढी लगायतका प्रमुख सहरमा उपलब्ध भैसकेको छ । केही दिनमै मोंगेका नयाँ उत्पादनहरू नेपाली बजारमा भिœयाउने तयारी रहेको सिईओ कार्कीले जानकारी दिए ।