३० आश्विन २०८३, शुक्रबार

७ महिनाको तलब नपाउँदा नरबहादुर साउदीमा अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nar bdr limbu 634900_n– एनपी प्रधान
साउदी अरब । बैदेशिक रोजगारीका लागी साउदी अरब आइपुगेका एक युवा अलपत्र परेका छन् ।

२८ महिनाअघि साउदी अरब आएका मंगलबारे– १ इलामका ४० बर्षीय नर बहादुर लिम्बु ७ महिनाको तलब पाउन नसक्दा यतिबेला साउदी अरबमा अलपत्र परेका हुन् । काम गरेको तलब पाउन नसक्दा नर बहादुर अहिले अन्य नेपालीहरुको आश्रयमा बस्न बाध्य भएका छन् ।

काठमाडौंको मसारिक ओभरसिजबाट ८० हजार रुपैयां तिरेर २ बर्षे करारमा अल समख अल सरकी कम्पनीमा लेवर भिसामा साउदी आएका लिम्बुले मुस्किलले १८ महिनाको तलब पाएपनि पटक पटकको गरि ७ महिनाको तलब पाएका छैनन् ।

काम गरेको पारिश्रमिक पटकपटक माग्दा पनि मालिकले आफूलाई पारिश्रमिक उपलब्ध नगराएको पीडित लिम्बुले बताए । ‘काममा लागेदेखि नै कम्पनीले महिनै पिच्छे तलब रोक्ने गथ्र्यो’, उनले भने-‘तलब पाउने आशामा काम गर्दागर्दै आज तलब नपाएको ७ महिना पुगिसक्यो तर तलब पाउन सकिएको छैन ।’ तलब नपाएपछि १ बर्ष अगाडी काठमाडौंको मेनपावर कम्पनीलाई टेलिफोन गरेपनि उक्त मेनपावरसंगसम्र्पक हुन नसकेको लिम्बुले बताए ।

२ बर्षे करार अवधी सकिएपनि पारिश्रमिक पाउने आशामा लिम्बुले अबैध कामदारकै रुपमा भएपनि उक्त कम्पनीमा काम गरिरहेका थिए । दैनिक ८ घण्टा काम गर्ने सम्झौतामा आएको भएपनि दैनिक १२ घण्टा खट्नुपर्ने उनले दुखेसो सुनाए । ४ महिना अगाडी करार अवधी सकिएपछि मैले घर जान्छु भन्दा घर जान पनि दिएन, अहिले नत म सँग पासपोर्ट छ न ईकामा (साउदी आवासीय अनुमति पत्र) नबिकरण गरिदिएको छ, म त निकै अप्ठ्यारोमा फसेको छु, उनले सहयोग गरिदिन याचना गरे । ईकामा नबिकरण नभएकै कारण केही महिना अगाडी आफूलाई पुलिसले समातेर जेलमा लग्यो, कम्पनी मालिकले जेलबाट निकाल्यो तर ईकामा नबिकरण गरिदिएको पनि छैन, तलब पनि नदिएको उनले बताए ।

३ महिना अगाडी लिम्बु कार्यरत कम्पनीको काम एकाएक बन्द भएपछि त उनी झन् ठूलो समस्यामा परेका छन् । एकातिर २ बर्षे करार अवधी सकिनु अर्को तिर काम गरेको पारिश्रमिक नपाउनु लिम्बुको लागी बज्रपात जस्तै भएको छ । पारिश्रमिक नपाएका कारण आफू अलपत्र पर्नुपरेको बिषयमा साउदी स्थित नेपाली दुतावासलाई गत महिना जानकारी गराएको उनले बताए । लिम्बुका अनुसार दुतावासले १ साता भित्र समास्या समाधान गरिदिने आश्वासन दिएको छ ।

ठूलो समस्यामा परेका कारण आफू प्रत्येक साताको हरेक शुक्रबार दुतावासमा सहयोगको याचना गर्न जाने गरेको उनले बताए । पीडित लिम्बुले भने, ‘घरको तनाब एकातिर छ, तलब नपाएको तनाब अर्कोतिर छ त्यसमाथी कम्पनीको काम नै बन्द हुँदा त, अलपत्र परेको छु । न त घर जान मिल्छ, ७ महिना देखिको तलब पाउन नसक्दा न दाम न काम, खाली हात बस्नुपरेको छ ।

पीडित लिम्बुको सहयोगका लागी गैर आवासिय नेपाली संघको दमाम स्थानिय समितिले पहल गरिरहेको समितिका अध्यक्ष बालकृष्ण पंगेनीले बताए ।