३० आश्विन २०८३, शुक्रबार

एनएससीआई तथा नासा र आन्मा बीच समझौता ज्ञापन पत्र(एमओयू)मा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ns-Americaवाशिंगटन डिसी । अमेरिकाको डिसी महानगरमा स्थापना भएको नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल तथा नासा र आन्माबीच अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित ग्रीनस्बोरोमा गत सेप्टेम्बर ४ देखि ६ सम्म आयोजना भएको ११औ नासा र आन्मा सम्मेलनका अबसरमा समझौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्यपश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा)का आगामी वर्षहरुमा आयोजना हुने वार्षिक कार्यक्रमअन्तर्गत हुने खेलकुद कार्यक्रमको आयोजना एनएससीआईले जिम्मेवार बहन गर्ने भनि दुवै संस्था बीच एक कार्यक्रमबीच हस्ताक्षर भएको जानकारी एनएससीआईका महा सचिव बिनय अर्यालले गराएका छन् ।

११औ नासा र आन्मा सम्मेलनका अवसरमा स्पोर्टस एण्ड टुरिज्यम विषयक गोष्ठीको आयोजना नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथि अमॆरिकाका लागि नेपालका राजदूत डा अर्जुन कुमार कार्कीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एनआरएन अमेरिका का अध्यक्ष डा केशव पौडेल, अमेरिकाको इन्डियन हेड सहर का उपमेयर किरण सिटौला, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिवकुमार राई, एनआरएन आइसीसीका पूर्व महासचिव रतन झा, नासियाका पूर्व अध्यक्ष राजा घले, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र गदाल तथा नासियाका वर्तमान अध्यक्ष विमल नेपालले मन्तब्य राखेका थिए ।

डायस्पोरामा रहेका नेपाली मुलका युवा पुस्तालाई नेपाल र नेपालीहरु सित जोड्ने एउटा सशक्तमाध्यम खेलकूद भएको विचार संस्थाकी अध्यक्ष सीता पाण्डेले राखेकी थिइन । खेलकुदको माध्यमबाट नेपालको पर्यटन उद्योगलाइ छिटै नै पुनःस्थापित गर्न सकिने भएकोले यो छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पाण्डेले बिचार राखेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी कोषाधक्ष्य केमिका भण्डारी, कार्यक्रम संचालन महासचिव विनय अर्याल तथा मन्तब्य प्रकाश नेपालले राखेका थिए ।