३० आश्विन २०८३, शुक्रबार

नेइस्मिथको ह्याट्रिकमा चेल्सीविरुद्ध इभर्टनको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Steven-Naismithकाठमाडौं, २६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सीविरुद्ध इभर्टनले शानदार जित हात पारेको छ ।

स्ट्राइकर स्टीवन नेइस्मिथको हृयाट्रिकको मद्दतमा इभर्टनले शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन चेल्सीमाथि ३–१ को जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा इभर्टनले १७ औं मिनेटमा नेइस्मिथको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा नेइस्मिथले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३६ औं मिनेटमा चेल्सीका माटिकले जवाफी गोल गरे । चेल्सीले अन्य गोल फर्काउन नसक्दा पहिलो हाफ २–१ मा सकियो । दोस्रो हाफमा चेल्सीबाट गोल नभएको अवस्थामा ८२ औं मिनेटमा नेइस्मिथले हृयाट्रिक पुरा गर्दै इभर्टनलाई ३–१ को जित दिलाए ।

जितसँगै इभर्टन ८ अंकका साथ तेस्रो स्थानमा छ भने चेल्सी ४ अंकका साथ १५ औं स्थानमा छ । लिगको सुरुवाति पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो ।