
मोरङ, २६ भदौ । मधेस केन्द्रित दलले आह्वान गरेको लगातार एक महिनादेखि विराटनगर बन्दका कारण यहाँका होटल व्यवसायीलाई चार अर्ब घाटा भएको छ ।
नेपाल होटल एसोसिएसन (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार एक महिना यता होटल सुनसान भएका छन् । बन्दका कारण यातायत नचल्दा पर्यटक आउन सकेका छौनन् भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् ।
विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । पछिल्लो समय विभिन्न धार्मिक महोत्सव चलिरहेकाले दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गरेका थिए ।
पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईले एक महिनायता यातयातका साधन चल्न नपाउँदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताउनुभयो । विराटनगरमा ठूला र साना गरेर झन्डै एक सयको हाराहारीमा होटल सञ्चालित छन् । नेपाल होटल एसोसियसन (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठले चाँडोभन्दा चाँडो वार्ताको माध्यमबाट बन्द हडतालजस्ता समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । रासस















प्रतिक्रिया