काठमाडौँ, असार ६ । चारजना भारतीय नागरिकलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
मलेसिया एअरमार्फत् क्वालालम्पुरबाट नेपाल आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा उनीहरुले शरीरभित्र लुकाएर ल्याइएको सुन फेला पारेपछि प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । प्रक्राउ पर्नेहरुमा अफजाल खान, अम्मजाद खान, साइकाली बसिर र इब्राहिम साहुल ममिद रहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया