३० आश्विन २०८३, शुक्रबार

हजका लागि नेपाली मुस्लिम समुदायको पहिलो टोली साउदी आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Haj_b_280914साउदी अरब, २३ भदौ । मुस्लिम समुदायको पवित्र तीर्थ स्थलसाउदी अरेबियाको मक्कामदिनामाहज गर्नका लागि नेपालबाट मुस्लिम समुदायको पहिलो टोली साउदी अरेयिबा आइपुगेको छ ।

साउदीको जेद्धास्थित अन्तर्राष्टिय बिमानस्थल मामंगलबार बिहान १ सय ८१ जनाकोे पहिलो टोली साउदी आइपुगेको हो ।

केन्द्रीयहज कमिटीका अध्यक्ष ताज मोहम्मद मियाँसहित साउदी आएको हज टोलीलाई साउदीस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मा तथा जेद्धास्थित महाबाणिज्य दूतावासका कार्यबाहक महाबाणिज्यदूत सुधिर भट्टराईले बिमानस्थलमा स्वागत गरेका थिए ।

हज टोलीलाई मंगलबार नै मक्का सम्मजानका लागि यातायातलगायत आवश्यक सेवाको ब्यबस्थागरिएको कार्यबाहक राजदूत शर्माले जानकारी दिनुभयो । साउदी आउने हज टोलीलाई बिमानस्थलमा हुन सक्ने सम्भाबित समस्याहरुलाई ध्यानमा राखेर दूतावासले सहजीकरणको ब्यबस्था मिलाएको शर्माले बताउनुभयो ।

हज गर्न आउने नेपाली टोलीका लागि बिमानस्थलदेखि मक्कासम्म पुग्नका लागि यातायातका साथै आवश्यक सहजीकरणको ब्यबस्थामिलाइएको छ । साउदी सरकारले हज गर्नका लागि नेपाललाई उपलब्ध गराएको एक हजार कोटाअन्र्तगत १४ सेप्टेम्बरसम्म बिभिन्न समूहमा गरी ८ वटा टोली साउदी आउने दूततावासले जनाएको छ ।

यसपटक साउदी अरेबियामा हज गर्नका लागि देशभरबाट एक हजार ४ सय १६ जनाले आवेदन दिएका थिए ।

मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान, नमाज, रोजा, जकातमध्ये हजसमेत एक महत्वपूर्ण धार्मिक कार्य मानिन्छ । इस्लाम धर्मावलम्बीको जीवनमा एक पटक गर्नै पर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्कामदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ ।

मुस्लिममा हज गर्नु अत्यन्त उत्तम र पुनितकार्य मानिन्छ । हजयात्रीले बक्रइदको बेला साउदी अरबस्थित मक्कामदिना सरिफमा सामूहिक नमाज पढ्ने चलन रहेको छ ।