जर्जिया, २१ भदौ । अमेरिकाको जर्जियामा नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको पूर्वसन्ध्यामा विषेश कार्यक्रम आयोजना गरिएको छ ।
भुटनिज् कम्युनिटिज् अफ जर्जियाले गरेको रोधी साँझ कार्यक्रममा लोकदोहरी गायिका एवम् सर्जक सृजना विहरी थापालाई सम्मान गरिएको छ ।
सृजनाले नेपाली लोक तथा दोहरी गीतको क्षेत्रमा पुराएको योगदानको कदर स्वरुप भुटनिज् कम्युनिटिजले सम्मान गरेको हो ।
कार्यक्रममा सृजनाले लोक तथा दोहरी गीत पनि गाएकी थिइन् । रोधी साँझमा उल्लेख्यको उपस्थिति रहेको थियो ।
सर्जक एवम् गायिका सृजनाले आफूलाई कार्यक्रममा बोलाएर विषेश सम्मानका साथै आफ्नो प्रस्तुति दर्शक स्रोतामाझ पस्कन दिएकोमा आयोजकप्रति आभार प्रकट गरेकी छिन् ।
उनले आयोजकमध्येका अगम गुरुङलाई धन्यावाद पनि दिएकी छन् ।























प्रतिक्रिया