२९ आश्विन २०८३, बिहिबार

एसएलसी फेल हुनुभयो ? त्यसो भए जेटिए पढ्नुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC-Exam-Student

दमक, ६ असार । एसएलसी अनुत्तीर्ण हुने विद्यार्थीहरुले टी–एसएलसीको प्राविधिक शिक्षामा अध्ययन गर्न पाउने भएका छन् ।

लखनपुर–८ स्थित सरस्वती माविले चालु शैक्षिकसत्रदेखि २९ महिने कृषि जेटिए प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

यसअघि सो विद्यालयले एसएलसी उत्तीर्ण हुने विद्यार्थीहरुलाई १५ महिने कृषि जेटिए सञ्चालन गर्दै आएको थियो ।

सो विद्यालयले गत २०६७ सालदेखि कृषि जेटिएको कक्षा सञ्चालन गर्दै आएको छ । वर्षमा ४० जना विद्यार्थीले त्यस्तो कक्षा लिँदै आएका छन् । सो विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सेढार्इंका अनुसार यो वर्षदेखि टी–एसएलसीको जेटिए पठनपाठन गरिने तयारी गरिएको छ ।

“रोजगारमुखी तथा प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यो अवसर सृजना भएको हो”– प्रअ सेढाईंले जानकारी दिनुभयो ।

कृषि जेटिएको २९ महिने कोर्षमा सहभागी हुने विद्यार्थीहरुले कक्षा लिनका लागि एसएलसी अनुत्तीर्णको कुनै परिचयपत्र समावेश गर्नुपर्ने हुन्छ । प्रअ सेढाईंले एसएलसी फेल गरेका युवा शक्तिलाई कृषि जेटिए विषयमा आकर्षित गराउन यस्तो तालिम आएको जनाउनुभयो ।

एसएलसी अनुत्तीर्ण भएकाहरुले भने यो वर्षदेखि २९ महिने जेटिए अध्ययन गर्न पाउने प्रअ सेढाईंले जानकारी दिनुभयो । सो विषयमा अध्ययन गर्न झापाबाहेक पश्चिमका डोल्पा, कालीकोट , इलाम, पाँचथर र मोरङका विद्यार्थीहरु आएको बताइएको छ । यस्तो किसिमको कक्षा सञ्चालन गर्ने सो विद्यालय जिल्लाकै एक मात्र भएको बुझिएको छ ।

यसैगरी सो विद्यालयले गएको पाँच वर्षको अवधिमा उत्पादित अधिकांश जनशक्तिले स्वरोजगार बन्दै गएको प्रअ सेढाईंले जानकारी दिनुभयो ।
जेटिएमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई विद्यालयले आवश्यकताअनुसार छात्रवृत्तिसमेत प्रदान गर्दै आएको जनाएको छ ।