३० आश्विन २०८३, शुक्रबार

तत्काल एमआरपी बनाउन साउदी दूतावासको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport– एनपी प्रधान (भरत)
साउदी अरब । आगामी २४ नोभेम्बर २०१५ देखि हस्तलिखित राहदानी मान्य नहुने भएकाले तत्काल मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन साउदी अरबस्थित नेपाली राजदूताबासले आग्रह गरेको छ ।

दूताबासले एक सूचना जारी गर्दै एमआरपी बनाउन बांकी रहेका साउदी अरेबिया सहित यमन, जोर्डन र सुडानमा रहेका सबै नेपालीहरुलाई यथाशिघ्र एमआरपी बनाउन आग्रह गरेको हो । यसअघि पनि पटक पटक सूचना जारी गरिएको भएपनि साउदी अरेबियामा अझै पनि ठूलो संख्यामा एमआरपी बनाउन बांकी रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । नेपाल सरकारबाट जारी भएको म्याद बहाल सहितका सबै हस्तलिखित राहदानीको मान्य अवधी २४ नोभेम्बर २०१५ पछि स्वोत समाप्त हुने जनाउंदै दूतावासले छिटो भन्दा छिटो एमआरपी बनाउन सुचित गरेको हो ।

उल्लेखित मिती भित्र एमआरपी नबनाएमा भिसा लगाउने, भिसाको म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत अन्य कुनै पनि प्रयोजनका लागी मान्य नहुने दूतावासले जनाएको छ । एमआरपी नबनाई हस्तलिखित पासपोर्ट लिएर यात्रा गर्नेलाई कुनै पनि विमानस्थलले रोक्ने वा फर्काउन सक्ने, बैदेशिक रोजगारीबाट बञ्चीत हुनुपर्ने लगायतका समस्याहरु पर्ने भएकाले एमआरपी लिन बांकी रहेका सबै नेपालीहरुलाई अबिलम्ब दूतावासमा सम्र्पक गर्न आग्रह गरेको छ ।

हस्तलिखीत राहदानीलाई बिश्व नागरिक उड्डेन संस्था आईकाओले आगामी नोभेम्बर २४ देखि मान्यता दिने छैन । अब बाँकी रहेको न्युनतम अबधि अगाबै एमआरपी बनाई सक्नु पर्ने जारी सूचनामा बताईएको छ ।