३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियाली क्रिकेटर शेन वाट्सनद्धारा टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shane-Watsonकाठमाडौं, २१ भदौ । अष्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले एकपछि अर्काे गर्दै सन्यास लिइरहेका बेला अर्का क्रिकेटर शेन वाट्सनले पनि टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

अष्ट्रेलियाली टिमका अलराउण्डरका रुपमा चिनिने वाट्सनले आइतबार इंग्ल्याण्ड भ्रमणका क्रमका पिँडुलामा चोट लागेपछि सन्यासको निर्णय लिएका हुन् । ३४ वर्षका वाट्सनले ५९ टेष्ट खेलेका छन् ।

२००५ मा डेब्यू गरेका उनले ३ हजार ७३१ रन बनाएका छन् भने ७५ विकेट लिएका छन् । शेन वाट्सनले पाँच एसेज टेष्ट खेले, पछिल्लो पटक भने अष्ट्रेलियाले ३(२ ले सिरिज गुमाएको थियो । आइतबार लर्डमा भएको एकदिवसीय क्रिकेटका क्रममा उनी घाइते भएका हुन्, जुन खेलमा उनले ६४ रन बनाएका थिए ।