३० आश्विन २०८३, शुक्रबार

कार्यबाहक राजदूत शर्मालाई स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajdut8380780861454_124459711_n– एनपी प्रधान (भरत)
साउदी अरब । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले साउदीका लागि कार्यबाहक राजदूतआनन्द प्रसाद शर्मालाई स्वागत गरेको छ ।

शुक्रबार संघले रियादमा एक कार्यक्रमको आयोजना गरि कार्यबाहक राजदूत शर्मालाई संघका अध्यक्ष नारायण पासवान तथा संघका संस्थापक छोटु थापाले संयुक्त रुपमा ढाका टोपी तथा दोसल्ला ओढाएर स्वागत गरेको हो ।

सो अवसरमा बोल्दै कार्यबाहक राजदूत शर्माले संघले गर्ने हरेक गतिबिधीमा दूतावास सहकार्य गर्न तयार रहेको बताए । संघका अध्यक्ष नारायण पासवानले दूतावाससंग सुमधुर सम्बन्धकायम राख्दै संघले आफ्ना आगामी गतिबिधीहरु अघि बढाउने बताए ।