– नारायण पाण्डे
टाकियो, जापान । जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरू हिजो शनिवारका दिन जापानको टोक्यो शहरमा एक भब्य कार्यक्रम आयोजना गरे ।
देशप्रति चिन्तित युवा बिद्यार्थीहरूले जापानमा विद्यार्थीहरुको चुनौती तथा संभावना विषयक एक कार्यक्रम गरेका थिए भने सोही दिन भूकम्पपछि जन्मभुमि ‘नेपालको पुनर्निर्माण, सम्भावना र चुनौती’ बिषयक बृहत खुल्ला अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
औपचारिक रूपमा संचालित उक्त कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष शंकर पोख्रेलको प्रमुख अतिथिको रूपमा आशन ग्रहण गरेका थिए । बिद्यार्थीहरूको लागि गरिएको कार्यक्रममा जापानका नेपाली बिद्यार्थीहरूले दैनिक रूपमा झेल्नुपरेको समस्या र समस्या समाधानका उपयाहरूको बारेमा डा राम गिरि र जिज्ञान कुमार थापाले र डा सूर्य पाठकले सुझाब दिनुभएको थियो ।
सोही अबसरमा अहिले जापानमा लागु हुन गईरहेको ‘माई नम्बर’ प्रणालीको बारेमा जिज्ञान कुमार थापाले बिद्यार्थीहरूलाई प्रस्ट पारेका थिए । सोही अवसरमा प्रमुख अतिथि पोख्रेलको बिद्यार्थीहरूले जापानमा सिकेका र देखेका कुरालाई जन्मभूमिमा गएर लागू गरेर नेपाललाई समृदि र विकास गर्न सुझाव दिनुभएको थियो ।
बिद्यार्थीहरूले खचाखच भरिएको हलमा बिद्यार्थीहरू भुईमा बसेर पनि आफ्ना समस्याका बारेमा विज्ञहरूसगँ राख्ने र ध्यानपूर्वक सुनेका थिए । उपस्थित बिद्यार्थीहरू आफूहरूको चुनौती तथा संभावनाहरूको बारेमा कार्यक्रम राखिदिएर बिद्यार्थीहरूलाई सचेत गराईदिएकोमा आयोजकलाई धन्यबाद दिएको थिए भने, अबका दिनहरूमा पनि बिद्यार्थीहरूको लागि कार्यक्रम गरिदिन अनुरोध गरेका थिए ।
सोहि दिनको दोस्रो कार्यक्रममा रूपमा बिद्यार्थीहरूले भुकम्पपछि जन्मभुमि ‘नेपालको पुनिर्निर्माण, सम्भावना र चुनौती’ बिषयक बृहत खुल्ला अन्तरक्रिया कार्यक्रम गरेका थिए । सो कार्यक्रममा जापानका विभिन्न क्षेत्रमा रहेर काम र ब्यवसाय गर्नुहुने नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि एवं नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले नयाँ संविधान जारी नभई भूकम्पपछिको नेपालको पुनर्निर्माण पुरा नहुने बताउनुभएको थियो ।
सोही कार्यक्रममा डा. सूर्य पाठकले राजनीतिक संक्रमण अवस्थामा राज्यसंयन्त्र गैरजिम्मेवार भएकाकारण वास्तविक पीडितले हालसम्म राहत पाउन नसकेको दावी गर्नुभयो । नेपालमा हुने भ्रष्टचार नरोकिएसम्म पुननिमार्ण असंभव रहेको उहाँले दावी गर्नुभयो।
उक्त अन्तरक्रिया कार्यक्रम जापानका लागि नेपाली राजदूत डा मदनकुमार भट्टराई, एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्ट, प्रवासी नेपाली मंच जापानका जिज्ञानकुमार थापा र डा राम गिरि, नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष डिपी कँडेल, थकाली सेवा समाज जापानका संरक्षक शरदकुमार गौचन, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कृष्ण खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।















प्रतिक्रिया