साउदी अरब, १८ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ताबुक क्षेत्रीय समन्वय समिति साउदी अरबको दोश्रो अधिबेशनले हेमन्त बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिबेशनले आगामी दुई वर्षे कार्यकालका लागि बस्नेतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा बम बहादुर तामागङ, सचिवमा मनोज बराल, सह सचिवमा युवराज पोख्रेल र कोषाध्यक्षमा राजकुमार राई निर्बाचित भएका छन् ।
अधिबेशनले राजु खनाललाई समितिको प्रबक्तामा सर्वसम्मत निर्बाचित गरेको छ । यस्तै सदस्यहरुमा भुपेन्द्र लामा, खिमलाल ओली, सुर्य गदाल र देबी बहादुर कार्की चयन भएका छन् ।
अबिधेशनले समन्वय समितिको प्रमुख सल्लाहकारमा भक्त बहादुर हमाललाई चयन गरेको छ भने सल्लाहकारमा बद्री विमली र दुर्गा सापकोटालाई चयन गरेको छ ।















प्रतिक्रिया