काठमाडौँ, १७ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ ।
आज सम्पन्न निर्वाचनमा अध्यक्ष श्रेष्ठले १७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी उमेशलाल प्रधानले नौ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, उपाध्यक्षमा फुटबलका धीरेन्द्र प्रधान, लनटेनिसकी ज्योति राणा, करातेका पुरेन्द्रविक्रम लाखे र ¥याफ्टिङका राजेन्द्र वान्तवा निर्विरोध निर्वाचित हुनुभएको छ ।
महासचिवमा लामाटेन्डी शेर्पा विजयी हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्षसमेत रहनुभएका शेर्पाले छिमीउर्गेन गुरुङ र दीपराज गुरुङलाई पराजित गर्नुभएको हो ।
सहमहासचिवमा टेबलटेनिसका चतुरानन्द वैद्यलाई हराउँदै बक्सिङका राजीव श्रेष्ठ चुनिनुभयो । श्रेष्ठ र वैद्यले समान १३÷१३ मत प्राप्त गरेपछि गोलाप्रथामार्फत छिनोफानो गरिएको हो ।
कोषाध्यक्षमा भारत्तोलनका रतनकुमार टण्डन निर्वाचित हुनुभयो । सदस्यहरुमा सञ्जीव तुलाधर, निलेन्द्र श्रेष्ठ, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ, अशोक बज्राचार्य, समिमउल्ला अन्सारी, रमेशकुमार श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र आङटेन्डी शेर्पा निर्वाचित भए । रासस















प्रतिक्रिया