३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानले जित्यो यू-१९ प्रिमियर लिगको उपाधि, नेपाल उपविजेतामै सिमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

acc-u-19nepali-cricketकाठमाडौं, १७ भदौ । मलेसियामाथि अफगानिस्तानको ७ विकेटको जितसँगै नेपाल एसीसी यू–१९ प्रिमियर क्रिकेटको उपविजेता बनेको छ ।

बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेट पराजित गर्दै च्याम्पियन बन्ने सम्भावना कायमै राखेको थियो । तर, अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको हो । मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

सबै खेल जितेको अफगानिस्तान १० अंकसहित च्याम्पियन बनेको छ । समान खेलबाट ८ अंक जोडेको नेपाल उपविजेता बनेको हो । आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग १० पराजित भएपछि नेपालले उपाधि जित्न नसकेको हो ।