५ कार्तिक २०८३, बिहिबार

भूकम्पमा सहयोग गर्न आएका आइएनजिओले किन सम्प्रदायिकता भड्काउँदै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

donation-to-nepalकाठमाडौं, १७ भदौ । विनाशकारी भूकम्पपछि राहत वितरण र अस्थायी बासका लागि सहयोग गर्न आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले आफ्नो स्वार्थ अनुकुल काम गर्न थालेपछि पीडित स्थानीय आक्रोसित बनेका छन् ।

कतिपय संस्थाले स्थानीयस्तरमा सदभाव भड्किने गरी विभेद गरेको भन्दै केही गाविसले राहत नै बहिष्कार गरेको समाचार कारोबार दैनिकले छापेको छ ।

आइएनजीओहरुले तल्लो र माथिल्लो वर्ग छुट्याई विभेद सिर्जना गरेको जिल्लामा क्रियाशील राजनीतिक दलको आरोप छ ।

भूकम्पले व्यापक क्षति भएपछि सहयोगका लागि भन्दै २ दर्जनभन्दा बढी आइएनजीओ जिल्ला प्रवेश गरेका छन् ।

उनीहरुले राहत सामग्री वितरणसगै अस्थायी बास र सिकइ केन्द्रका लागि समेत काम गर्दै आएका छन् ।

तर, २ हजारसम्म घर धुरी भएका गाविसमा २५० घरधुरीलाई मात्र राहत रकम र जस्ता लैजाँदा विवाद उत्पन्न भएको छ ।